अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका कोरोना मुक्त भएको छ । यस नगरपालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको छ ।
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस शितगंगा नगरपालिकामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४४ जना रहेको छ ।
यस्तै यस नगरपालिकामा शुरुदेखि आजसम्म ४३० जनाले कोरोना जितेका छन् । भने १ जना आत्महत्या सहित १४ जनाको निधन भएको छ ।
आईतवारको कोरोना विवरण यस्तो छ:
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १३ जना, भूमिकास्थान नगरपालिकामा ० जना, शितगंगा नगरपालिकामा ० जना, मालारानी गाउँपालिकामा ५, पाणिनी गाउँपालिकामा ५ र छत्रदेव गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४६३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९६३ जना, भूमिकास्थान नगरपालिकामा ७५४ जना, शितगंगा नगरपालिकामा ४४४ जना, मालारानी गाउँपालिकामा ५५८ जना, पाणिनी गाउँपालिकामा ४४३ जना र छत्रदेव गाउँपालिकामा ३०१ जना संक्रमित रहेका छन् ।
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ७ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म ४३५० जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १९२१ जना, भूमिकास्थान नगरपालिकामा ७३८ जना, शितगंगा नगरपालिकामा ४३० जना, मालारानी गाउँपालिकामा ५३८ जना, पाणिनी गाउँपालिकामा ४२७ जना र छत्रदेव गाउँपालिकामा २९६ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २९ जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११ र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।