अर्घाखाँचीमा इलेक्ट्रिक मोटरसाइकल बनाएका सागर पोख्रेललाई राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले सहयोग गर्ने
कार्तिक २९ गते, २०७८ मा प्रकाशित
२०७८ कार्त्तिक २८, आइतवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ब्याट्रीबाट चल्ने मोटरसाइकल बनाएका सागर पोख्रेललाई राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले सहयोग गर्ने भएका छन् ।
ब्याट्रीबाट चल्ने मोटरसाइकल बनाएका सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ पाणिनी चोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोख्रेललाई युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले सहयोग गर्ने भएका हुन् ।
उनले समाजिक संजाल मेटाको फेसबुकमा पोस्ट गर्दै पोख्रेलले बनाएको मोटरसाइकलमा थप सुधार र विकास गर्नको लागि सहयोग जुटाइदिनु र वाताबरण बनाईदिन सरकारसँग अपिल गरेका छन् । साथै उनले यसरी बिकास गरिएको मोटरसाइकललाई उत्पादनको लागि कारखाना बनाउन र ब्यबसाय गर्न लगानीकर्ताहरुलाई अनुरोध गरेका छन् ।
पोख्रेलले कसैबाट सहयोग पाएमा व्यवसायिक रुपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सकिने बताउदै आएका छन् । उनले निर्माण गरेको इलेक्ट्रोनिक मोटरसाइकलको गत कार्त्तिक २५ गते विहीवार टुडिखेलमा प्रदर्शन गरिएको थियो ।
महावीर पुनले अगाडि लेखेका छन्, “सन्धिखर्क अर्घाखाँचीका सागर पोख्रेलद्वारा भाईले पुराना सामानहरु जोडजाड गरेर ब्याट्री बाट चल्ने मोटरसाइकल बनाएको समाचार र त्यस्ता भाईहरुलाई गर्नु पर्ने समाजको कर्तब्य सुन्नुहोस। साथै राष्ट्रिय आविष्कार केन्द्रको भूमिकाको बारेमा पनि सुन्नु होस् ।
यस्तो भाईहरुलाई सृजनसिल र प्रतिभाशाली युबाहरु भन्नु पर्छ। विश्वका हरेक समाजमा यस्ता व्यक्तिहरु जन्मन्छन। यस्ता युवाहरुलाई सके सम्मको हौसला र मदत दिएर हुर्काउने दायित्व समाज र देशको हुन्छ। त्यसो गर्नको लागी समाजमा त्यस्ता “सृजनसिल र प्रतिभाशाली युबाहरुलाई हुर्काउनु पर्दछ र उनीहरुलाई उद्यमी बनाउनु पर्दछ” भन्ने संस्कार हुनु पर्दछ। समाजमा त्यस्तो संस्कार भयो भने त्यो देशको नेताहरु, सरकारी कर्मचारीहरु र सरकारले पनि त्यहि संस्कार सिकेका हुन्छन र यहाँ भनिएका सागर पोख्रेल जस्ता सृजनशील युवाहरुले सहयोग पाउँछन् र उनीहरु उद्यमी बन्दछन। अनि देशको अर्थतन्त्र सुधार्न मदत गर्छन।
नेपाली समाजमा हुँदै नभएको कुरा भनेको त्यस्ता सृजनशील र प्रतिभाशाली सन्ततिहरु लाई हुर्काउनको लागी चाहिने संस्कार हो। संस्कार भएन भने त्यस्तो संस्कार बसाल्नु पर्दछ र कुनै पनि संस्कार बसाल्न रातारात सकिदैन। अहिलेको अबस्थामा राष्ट्रिय आविष्कार केन्द्रले गर्न खोजे कै नेपाली समाजमा अनुसन्धान तथा बिकास कसरी गर्ने र माथि भनिएका जस्ता सृजनशील युवाहरुलाई कसरी उद्यमी बनाउने भन्ने हो। कहिल्यै नगरेको काम भएको हुनाले त्यो संस्कार बसाल्ने कुरा सिक्दैछौँ।
अब अर्घाखाँचीका सागर पोख्रेल भाईलाई के गर्दा राम्रो होला भन्ने कुरा तिर जाउँ। पहिलो कुरा त उनले भर्खरै ११ क्लासमा पढ्ने रहेछन। त्यसको अर्थ उनलाई सो बिषयमा सैधान्तिक ज्ञान कम हुन् सक्छ तर पनि उनमा त्यो ज्ञान सिक्ने धेरै ईच्छा छ । अनि उनी सृजनशील र प्रतिभाशाली पनि रहेछन । त्यसैले उनले बनाएको मोटरसाइकलमा थप सुधार र विकास गर्नको लागी सहयोग जुटाइदिनु र बाताबरण बनाइ दिनु पर्यो । यसको काम एक्लैले गर्न गाह्रो हुने हुनाले भाई जस्तै उत्साही युबाहरुको एउटा टीम बनाउन लगाउनु पर्यो र सो टीमले अनुसन्धान तथा बिकास गरेर सके सम्म राम्रो मोडलको र सस्तो मोटरसाइकलको विकास गर्न लगाउनु पर्दछ । सो कामको लागी चाहिने सम्पूर्ण खर्चको व्यवस्था कसैले गरिदिनु पर्दछ । यसरी बिकास गरिएको मोटरसाइकललाई उत्पादनको लागी कारखाना बनाउन र ब्यबसाय गर्न लगानीकर्ताहरु खोजि दिनु पर्छ अर्थात लगानीकर्ताहरु उत्सुक हुनु पर्दछ । यसो नगरेमा त्यो भाईको प्रतिभा हराएर जान्छ ।
अनि त्यस्ता सृजनशील युबाहरुलाई राष्ट्रिय आविष्कार केन्द्रले के गर्न सक्छ त?? यस केन्द्रले गर्न सक्ने भने कै सो भाईको राम्रो टिम बन्यो भने अनुसन्धान तथा बिकासको लागी चाहिने श्रोत साधन र ठाउँ उपलब्ध गराउने हो । त्यता तिरका साथीहरुले यो कुरामा चाख लिएर अगाढी बढ्नु होस् र बाताबरण बनाउनु होस् । अनि हामीलाई पनि सम्पर्क गर्नु होस् । यदि त्यता तिरका साथीहरुले त्यो मोटसाइकललाई उत्पादन गरेर ब्याबसायिकरण गर्ने आँट गर्नु हुन्छ भने अनुसन्धान तथा बिकासको लागी राष्ट्रिय आविष्कार केन्द्र ले सके सम्म मदत गर्न सक्छ ।”