अर्घाखाँची क्षेत्र नम्बर १ (क) को प्रदेश प्रतिनिधिमा राजेन्द्र आचार्यद्धारा उमेद्धवारी घोषणा


रामप्रसाद बन्जाडे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अहिले नेपाली काग्रेस प्रदेश सभा क्षेत्रको चुनावी माहोलले तातेको छ । नेपाली काग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ (क) को प्रदेश प्रतिनिधिमा राजेन्द्र आचार्यले उमेद्धवारी घोषणा गरेका छन् ।
काग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ (क) को प्रदेश प्रतिनिधिमा राजेन्द्र आचार्यले उमेद्धवारी घोषणा गरेका हुन् ।
आचार्यको अपिल यस्तो छ;। मेरो राजनीतिक ईतिहास त खासै पुरनो हैन तर रजनीतिक परिवारमा जन्म लियर होला सायद म  यस बाट अछुतो पनि कहिल्यै रहिन । चाहे २०६२÷६३ को आन्दोलन होस वा पटक पटकको राजनितीक आन्दोलन मुद्दाहरु आउदा सडक देखि आवाज उठाउन  कहिल्यै पछि हटिन ।  बुवाको नेपाली कांग्रेस प्रतिको  राजनितिक आस्थाले होला म यो पार्टी प्रति निक्कै प्रेम रह्यो । बुवा हरिहर आचर्यको पुर्व जिल्ला उपसभापति छत्रदेव गाउँपालिका वडा न.४ बाट निर्वाचित वडा सदस्य पदमा रहदा रहदै बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको कारण २०७७÷१०÷१८ गते असामहिक निधन भयो । त्यसपछी बुवाको अधुरो सपनाहरु पूरा गर्ने उदेश्य बोकि म आफ्नो इमानदारीसाथ यस नेपाली कांग्रेस पार्टीको हित बमोजिम आफुलाई समर्पण गर्ने  संकल्प  लिएको छु । 
साथीहरुको सुझाव र मेरो पनि आफ्नै चहाना  के रह्यो भने  अबको जीवन नेपाली कांग्रेसका लागि समर्पित गर्ने ।  यसैका लागि साथीहरु सँग मैले प्रदेश अधिबशेन प्रतिनिधिका लागि सहयोग गरिदिन अपिल गरेको हुँ ।  पद ओगट्नका लागि महाधिबशेन प्रतिनिधि बन्ने मेरो चाहना होइन , केही उदाहरणीय काम गरेर नयाँ पुस्तालाई प्रेरणा दिनका लागि हो ।   अहिले नै यसो गर्छु, उसो गर्छु, म भन्दिन ।  जिम्मेवारी पाएपछि  उदाहरणद्धारा नै देखाउने कोसिस गर्छु ।
हजुरहरुको साथ र हौसलाले मलाई अझ प्रेरणा मिल्ने छ । त्यसैले आसन्न १४ औ अधिबेशन बाट अर्घाखाँची जिल्ला प्रदेश १  क बाट प्रदेश अधिबशेन प्रतिनिधिको लागि उम्मेद्बारी दिने घोषणा गर्दछु ।