अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाभर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले गरेको बन्दका क्रममा हिजो मंगलवार प्रकाउ परेका जिल्ला सदस्य नवीन खड्का सहित १३ जना रिहा भएका छन् ।
मंगलवार चुत्राबेसी स्थित भक्तिटोलाबाट बन्दका क्रममा विप्लव नेकपा अर्घाखाँचीका जिल्ला सदस्य नवीन खड्का प्रकाउ परेका थिए । यस्तै सिद्धाराको धानखाेलाबाट बन्द गराउन सडकमा निस्किएका नेत्रविक्रम विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका १२ जना पक्राउ परेका थिए । १२ जना भालुबाङबाट रिहा भएका छन् ।
धान खोलाबाट पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरि, सेल सेक्रेटरी कर्ण बहादुर राना होम बहादुर केसी सन्तोष काउछा देबेन्द्र पुन नारायण बहादुर मोहोरा मकर सुनार संखर घर्ती पुण बहादुर राना सन्तराज खत्री पुण बहादुर मोहोरा लगायत १२ जना थिए ।
उता जिल्ला सदस्य नवीन खड्काले आफुलाई हिरासत भित्र ३ प्रहरी आएर निर्घात कुटपिट गरेको र रातारात अस्पताल लगि उपचार पाएको बताएका छन् । खड्काले झुठा मुद्दा लगाएर फसाउन खोजेको बताए । तर प्रहरीले कुटपिट नगरेको दावी गरेको छ ।