डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला पाणिनी गाँउपालिकावाट राजनीतिक जिवन सुरु गरेका असल राजनैतिक छविवाट परिचय लक्ष्मण पाण्डे समाजसेवामा खट्ने कुशल युवानेताको रुपमा परिचित नाम हो ।
अर्घाखाँचीको राजनीतिक माहौलमा युवाहरुको नेतृत्व गर्न सक्ने कुशल नेतृत्वकर्ता भएकै कारण लक्ष्मण पाण्डेको नेतृत्व आवश्यकता रहेको कांग्रेस युवानेता दीपक वेल्वासेले वताउनु भएको छ ।
विद्यार्थी कालदेखी नेपाली काँग्रेसमा क्रियाशील जुझारु युवानेता लक्ष्मण पान्डेले आसन्न १४औं महाधिवेशन मा अर्घाखाँची प्रदेससभा क्षेत्र “ख”बाट प्रदेश प्रतिनिधि पद मा मत माँग गर्दै पाण्डे निर्वाचनको तयारीमा कडा रुपमा जुटीरहेको अवस्था छ । जिल्ला सभापति पदका उमेद्धवार यादव घिमिरेका निकटतम सहयोगी मानिने लक्ष्मण पाण्डे नेपाली कांग्रेसका प्रभावशाली नेताको रुपमा परिचित हुनुहुन्छ ।
नेपाली काँग्रेसको संगठन निर्माणमा बिशेष भुमिका निर्वाह गर्ने अबसर प्रदान गर्नुहुन सम्पुर्ण मतदाताहरुलाई आग्रह गर्दै चुनावी मैदानमा होमिनु भएको छ । लोकतांत्रिक व्यवस्थामा राजनीतिक रुपान्तरण र क्रान्तिको धारिलो हतियार मत नै भएकै कारण मतको प्रयोग सहि र कुशल नेतृत्व कै पक्षमा मतदान गर्न अपील गर्नुभएको छ ।
नेपाली काङ्ग्रेस लाई नयाँ दिशा दिन युवाहरु हरु नेतृत्वमा मा आउनुपर्ने आजको आवश्यकता लाई मध्यनजर गर्दै अर्घाखीँचीको काङ्ग्रेस लाई गतिशील बनाई लोकप्रिय पार्टीको रुपमा स्थापित गर्न नयाँ सोच र जिम्मेवारी का साथ पार्टी सुदृढीकरण गरी सबै लाई समेटर काङ्ग्रेस लाई एक ढिक्का बनाउन पर्ने परिस्थिति सिजर्ना भएकोले आफू यसपालि प्रदेश ख को खुल्ला
तर्फ प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिने सोच बनाएको लक्ष्मण पाण्डेले अर्घाखाँची डटकम लाई बताउनु भएको छ ।