अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एकीकृत समाजवादीमा लागेका अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–३ का निर्वाचित वार्ड सदस्य पुन: एमालेमा फर्केका छन् ।
गत भाद्र २० गते एकीकृत समाजवादीमा सनाखत गरेका वार्ड सदस्य ओमप्रकाश भुसाल एमालेमै फर्केका हुन् ।
नेकपा एमाले जिल्ला कमिटीका तत्कालीन सदस्य समेत थिए । भुसालले मंगलवार एक विज्ञप्ति निकालेर आफू एमालेमै फर्किएको जानकारी गराए ।
पार्टी विभाजनलाई स्वीकार्न नसकेपछि एमालेमै फर्किएको भुसालले हस्तलिखित विज्ञप्तिमा उल्लेख छ ।
उता एमाले निकट अनेमसंघ अर्घाखाँचीकी बरिष्ठ उपाध्यक्ष रहेकी पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले आफू नेकपा ( एकीकृत समाजवादी ) मा रहेको ब्यहोरा सहित जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा सनाखत गरेकी थिईन् । एमाले छोडी शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाबाट निर्बाचित वार्ड सदस्य गोबिन्द प्रसाद पोख्रेल र शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीबाट निर्बाचित वार्ड सदस्य जिबलाल क्षेत्रीले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।
यस्तै एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन बिभाग सदस्य तथा पाणिनी गाउँपालिका वार्ड नम्बर ३ का निर्बाचित वार्ड सदस्य ओमप्रकाश भुसाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ की निर्बाचित महिला सदस्य शुमित्रा मुखियाले आफू नेकपा ( एकीकृत समाजबादी ) मा रहेको ब्यहोरा सहित सनाखत गरेका थिए ।