बाँगीमा एमाले गाउँ कमिटीको बैठक सम्पन्न | दशाै महाधिवेशन सहमतिकाे हुन्छ: नरेन्द्र कुमार क्षेत्री


गणेश खनाल 
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमालेका केन्द्रीय परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले एमालेकाे दशाै महाधिवेशन सहमतिको हुने बताउनुभएकाे छ ।
नेकपा एमाले बाँगी गाउँ कमिटीको बैठकमा सम्बाेधन गर्दै नेता क्षेत्रीले जिल्ला तहका अधिकाम्स निर्वाचन सहमति भएकाे उल्लेख गर्दै केन्द्रीय महाधिवेशन पनि सहमतिकै हुने दावी गर्नुभयाे ।
कार्यक्रममा लुम्बिनी  प्रदेश कमिटी सदस्य पिताम्वर भुसालले नेकपा एमालेसँग निर्वाचनमा एक्लै लड्ने तागत काग्रेस, माओवादी, तथा अन्य दलकाे नरहेकाे बताउनुभयाे । भुसालले सबै दल एकातिर भएपनि एमाले एक्लै काफि रहेकाे बताउदै आसन्न निर्वाचन बहुमत ल्याउने दावि गर्नुभयाे ।
 गाउँपालिका ईन्चार्ज तिलक मिश्रले  मालारानी गाउँपालिकाबाट चितवनकाे महाधिवेशनमा ९ सय अगुवा कार्यकता लैजाने बताउदै,व्यवस्थापनका लागि विभिन्न समिति निर्माण गरि व्यवस्थित तरिकाले जाने बताउनुभयाे । 
वाड कमिटी अध्यक्ष के आर विसीकाे अध्यक्षता सचिव विष्णु पन्थीकाे सञ्चालनमा बैठक सम्पन्न भएकाे हाे ।