अर्घाखाँचीभरका खोप केन्द्रमा १८ बर्ष माथिका सबैलाई मंसिर ६ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने


अर्घाखाँचीडट्कम संवादाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा १८ बर्ष माथिका सबै नागरिकहरुलाई मंसिर ६ गतेदेखि ८ गतेसम्म कोरोना विरुद्धको खोप लगाइने भएको छ । 
जिल्लाभरका सबै खोप केन्द्रमा १८ बर्ष माथिका सबै नागरिकहरुलाई मंसिर ६ गतेदेखि ८ गतेसम्म कोरोना विरुद्धको खोप लगाइने भएको हो । 
जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको शुक्रवार बसेको बैठक अनुसार १८ बर्ष माथिका सबै नागरिकहरुला भेरोशेल खोपको पहिलो मात्रा अभियान शुरु गरिने छ । 
१८ बर्ष माथिका सबै नागरिकहरुले मंसिर ६, ७ र ८ गते नजिकको खोप केन्द्रमा नागरिता लिएर गई खोप सेवा लिन सक्ने छन् ।