शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नयाँ नेतृत्वको चयन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनले भगवती माध्यमिक बिद्यालय कुर शंखेटारीका प्रधानाध्यापक श्याम बहादुर भुसालको अध्यक्षतामा २३ सदस्यीय नगर समिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा जनक बस्याल ,रिता खड्का ,सचिव बिनोद भट्टराई र हरिकला पराजुली ,कोषाध्यक्षमा चन्द्र भुसाल र सहकोषाध्यक्षमा मोहन पुरी रहनुभएको छ ।
यसैगरी सदस्यमा सुनिता श्रेष्ठ ,प्रकाश रायमाझी ,दिपक श्रेष्ठ ,नारायण बहादुर भाट,मञ्जु बस्याल ,रुद्र ज्ञवाली ,हर्कबहादुर खत्री,किशोर आचार्य,हुम बहादुर बि.क.,सीता पौडेल ,महेन्द्र श्रेष्ठ ,रेखा खत्री,कविता घिमिरे ,कमला खनाल ,अनन्तराम पाण्डे र तेजबहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस अघि आयोजित उद्घाटन सत्रमा मन्तव्य राख्ने वक्ताहरूले शिक्षकका समस्या प्रति राज्य उदासीन भएको बताए । उनिहरुले गणतन्त्रको निम्ति महत्त्वपूर्ण योगदान पुर्याउने शिक्षकहरू प्रति राज्यको हेर्ने दृष्टिकोण ठिक नभएको समेत गुनासो गरे ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष बावुराम आचार्यले शिक्षकका समस्या समाधानको निम्ति आन्दोलनको बिकल्प नभएको बताउनुभयो । उहाँले हाल शिक्षकले प्राप्त गरेका उपलब्धि शिक्षक संगठनको संघर्ष बाट स्थापित भएको बताउनुभयो ।
अर्घाखाँची शिक्षा क्याम्पसका क्याम्पस प्रमुख श्रीकृष्ण भुसालले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउनुभयो । उहाँले बैज्ञानिक र जनवादी शिक्षा प्रणाली लागू नभए सम्म शैक्षिक समस्या समाधान नहुने धारणा राख्नुभयो ।
शिक्षक संगठन सन्धिखर्क नगर समितिका अध्यक्ष श्यामबहादुर भुसालको अध्यक्षता र उपाध्यक्ष जनक बस्यालको संचालनमा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी ,नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य टेकराज आचार्य,नारायण प्रसाद भुसाल ,सीता श्रेष्ठ ,सरस्वती आचार्य,नगर समितिका सचिव विष्णु खनाल लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो । भगवती माध्यमिक बिद्यालय शंखेटारीको सभाहलमा सम्पन्न कार्यक्रममा शिक्षकहरूको उल्लेख्य सहभागीता रहेको थियो ।