अर्घाखाँचीका किसानहरु खेतमा पाकेको धान काट्न, खलो काट्न, बिटा हाल्न-झाट्न ब्यस्त (भिडियो, फोटो सहित)


 अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका किसान हिजोआज धान थन्क्याउन ब्यस्त छन् । गत असार– साउनमा रोपेको धान अहिले फाँटमा लहलह झुलेको छ ।
चाडपर्व सिद्धिएसंगै जिल्लाका  किसानहरु खेतमा पाकेको धान काट्न, खलो काट्न, बिटा हाल्न, बिटा  झाट्न ब्यस्त छन्।
खेतमा काटेर सुकाएको धानलाई झाटेर धान र पराल छुट्याएर ल्याउन किसानलाई चटारो छ । साथै सन्धिखर्क लगायतमा किसानहरु खेतमा थ्रेसर मेसिन पुर्‍याएर धान झार्ने, केलाएर घर लैजाने, पराल सुकाउने जस्ता काममा व्यस्त छन् ।
किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ। पछिल्लो समय पाल, थ्रेसर विकासले विटा हाल्ने, खलो काट्ने, धान राख्ने भकारीहरु लोप हुने अवस्थामा पुगेको छ ।
अर्घाखाँचीमा पछिल्लो समय कृषी सडक संजालले खेतमा रहेको धान र पराललाई घरसम्म पुर्‍याउन ट्याक्टर बढी प्रयोग कृषकले गरेका छन् ।
गाउँमा युवाहर विदेश पलायनले धान खेती भित्र्याउने काममा १८ बर्ष मुनीका किशोरहरु र ५० बर्ष भन्दा माथिका बुढाहरु खेतबारीमा ब्यस्त भएका छन् ।