अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले ८ औ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई यस्तो निर्देशन गरेको बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ६ देखि ८ गतेसम्म केन्द्रदेखि स्थानीय स्तर र घरघरसम्म विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।
जस अन्तर्गत अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा नेकपाका जिल्ला सदस्य नबिन खड्काको नेतृत्वमा बिभिन्न सार्वजनिक स्थलमा पर्चा पम्पलेट टास गरिएको पाटी पुनगठन दिबसलाई उत्सबका रुपमा ८ गते मनाउने निर्णय गरेकोे खड्काले बताउनुभएको छ ।