सन्धिखर्कमा एकदिने डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नम्वर १ र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त आयोजनामा टोल बिकास संस्थाका पदाधिकारीहरुलाई एकदिने डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । 
तालिमको सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले डिजिटल प्रबिधिको बिकाससंगै बैंकले आर्थिक उपार्जनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । भुसालले सहुलियतपुर्ण ऋणको माध्ययमबाट धेरै क्षेत्रमा लगानी गरी आत्मनिर्भर बन्न सकिने भन्दै बैंकबाट पाईने सेवा सुबिधालाई उपभोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बैंकका रिटेल प्रमुख दिपक अर्याल र आईटी प्रमुख नारायण न्यौपानेले डिजिटल प्रबिधिको प्रयोग, डिजिटल प्रबिधिको प्रयोगले सेवामा हुने सहजता, डिजिटल बैंकिङ्का फाइदाहरु,बचत र बचतबाट हुने फाईदा लगायत बैंकले प्रदानगर्ने सेवा सुबिधाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
सन्धिखर्क नगरपालीका वडानम्बर १ का वडासदस्यहरु आशा परीयार,बलबहादुर बिसी,सुमित्रा मुखिया,साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक तथा अर्घाखाँची प्रमुख अञ्जली केसी, बैंकका चुत्राबेसी शाखा प्रमुख कृष्ण भट्टराई लगायतको उपस्थिती रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष हिम जिसी लेकालीले शुभकामना मनतब्य राख्नुभएको थियो ।
सन्धिखर्क नगरपालीका वडानं.१ का वडाअध्यक्ष युबराज बन्जाडेको अध्यक्षता,वडासचिब पुष्पा भुसालको स्वागत मनतब्य र वडासदस्य लक्ष्मण पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा २८ वटा टोलका ११२ जना प्रतिनिधिहरुको सहभागीता रहेको बैंकका क्षेत्रीय प्रबन्धक एवं अर्घाखाँची प्रमुख अन्जली केसीले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु