नविन के.सी
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खनदहमा नेपाल राष्ट्रिय शिक्षक संगठन मालारानी गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशन उद्घाटन गर्दै नेकपा एमालेका जनसंगठनहरुरलाई चुस्त दुरुस्त बनेको नेकपा एमालेका प्रदेश कमिटी सदस्य पिताम्बर भुसालले बताउनु भएको छ ।
प्रमुख अतिथी रहनु भएका भुसालले नेकपा एमालेको जुजारु संगठनलाई तहसनहस पार्ने प्रचण्डको सपना पुरा हुन पार्टि अध्यक्ष केपी ओलीले नदिएको उहाँले बताउनु भयो ।
पार्टि एकताको नाममा नेकपा बनाएर एमालेलाई कमजोर बनाउने उदेश्यले माधब नेपाल र प्रचण्ड लागे पनि सफल नभएको बताउनु भयो । शिक्षकहरुका पेशागत मागको सुन्श्चित संगै स्थानीय सरकार मालारानी गाउँपलिकाले शिक्षा क्षेत्रमा गरेका सकारात्मक कामहरु दरबान्दी मिलान , मन्टेश्वरी सञ्चालन , प्राबिधिक शिक्षालयहरुको स्थापना , नमुना बालबिकाश जस्ता कार्यहरु संगै बालबिकाश र बिद्यालय कर्मचारीहरुको पारिश्रमिक बृद्धि गरि १५ हजार पुराउने गाउँपालिकाको निर्णय सकारात्मक रहेको भुसालले बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिबालय सदस्य तथा मालारानी ईन्चार्ज तिलक मिश्रले अधिबेशनबाट चुनिएको नेतृत्वले संगठन निर्माणको कामलाई तिब्रता दिनु पर्ने बताउनु भयो । नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले संगठन निर्माण गर्नको लागी शिक्षक संगठनले महत्वपूर्ण भुमिका निरबार्ह गरेको भन्दै पालिका भित्र शिक्षा क्षेत्रको सुधार तथा शिक्षकका संघ संगठनहरुको मागलाई सम्बोधन गर्ने प्रयास गरेको बताउनु भयो ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले शिक्षा क्षेत्र बैद्धिक व्याक्तित्वहरुको नेतृत्व हुने भएकोले देशलाई कस्तो बनाउने भन्ने जिम्मेबारी शिक्षक ÷शिक्षिकाहरुको काधमा रहेको बताउनु भयो ।
राहत छुुट करार अस्थायी संर्घस समितीका केन्द्रिय उपाध्यक्ष रामबहादुर बस्नेतले शिक्षामा रहेको बिभेद अन्त्य गरि समितीले अगाडि सारेका मागहरुलाई पुरा गराउन अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन लाग्नु पर्ने बताउनु भयो । अधिबेशन शिक्षक संगठनका पालिका अध्यक्ष बिष्णुप्रसाद मिश्रको अध्यक्षता , उपाध्यक्ष बिमला चौहानको स्वागत मन्तव्य र सचिब कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।