अर्घाखाँचीमा राहदानीका लागि एमआरपी फारम संकलन बन्द | अब १ महिनापछि विद्युतीय राहदानी


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयले राहदानीका लागि एमआरपी फारम संकलन बन्द गरेको छ ।
 
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेका अनुसार राहदानी विभागको निर्देशन अनुरुप विद्युतिय राहदानी जारी गर्ने कार्यका लागि एमआरपी फारम लिन बन्द गरेको गरिएको हो । 
करिब एक महिनाभित्र जिल्लाबाट समेत विद्युतिय राहदानी प्रदान गर्ने तयारी स्वरुप बन्द गरि कर्मचारी व्यवस्थापन र तालिममा जुटेका छन् । साथै अत्यन्त जरुरी भई प्रमाण पेश गरेको खण्डमा द्रुत सिफरिस गरिने र विभागमा अनलाईनमार्फत फारम भरि मिति र समय लिएर विभागबाट लिन सकिने छ ।
 विद्युतिय राहदानीमा निवेदन दिन राष्ट्रिय परिचयपत्र वा सो को नम्बर आवश्यक हुने, हाल ३४ पृष्ठको साधारण विद्युतिय राहदानी मात्र उपलब्ध हुने, मेसिन रिडेबल राहदानी विभागको नारायणहिटिस्थित कार्यालयबाट र विद्युतिय राहदानी त्रिपुरेश्वरस्थित कार्यालयबाट जारी हुने छ ।