पाणिनीमा विश्व सम्झना दिवस २०२१ दीप प्रज्वल मनाईयो (तस्वीर/भिंडियों अन्तरवार्ता)


२०७८ म‌सिर ६, सोमवारमा प्रकासित

डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची सोमवार ०६ मंसिर २०७८ । विश्वभर सड़क दुर्घटनामा परि मृत्यु हुने हरुको संझनामा मनाईने “विश्व सम्झना दिवस २०२१” पाणिनी गाँउपालिका अर्घाखाँचीमा पनि आईतवार साँझ दीप प्रज्वल गरी मनाउने काम सम्पन्न भएको छ ।
विश्वमा वर्षभरीमा १२ लाख ५० हज़ार जना सड़क दुर्घटनामा मृत्यु हुनेगरेको तथ्य उपलब्ध भएको वताउदै विकसित देशमा भन्दा अविकसित तथा विकासोन्मुख देशमा सड़क दुर्घटना हुनेको दर ३.०५ गुणा वढी रहेको पाणिनि गाँउ पालिका प्राविधिक प्रमुख-ईन्जीनीयर मोहराज पौडेलले अर्घाखाँची डटकम लाई वताउनु भएको छ ।
सरकारको निति,योजना कार्यक्रम तथा आयोजना मार्फ़त सड़क दुर्घटनालाई न्यूनीकरण गर्नेगरी जनचेतना गराउने,सड़क पुर्वाधार विकासका क्रियाकलापहरुमा सड़क सुरक्षा पुर्वाधारहरुलाई अभिन्न अंगका रुपमा समावेश गर्ने जस मध्येवाट दिगो विकास लक्ष्यको लक्ष्य नं ३.६ ले परिकल्पना गरे अनुसार सन २०३० सम्ममा विश्वमा सड़क दुर्घटनावाट मृत्यु हुनेको संख्यालाई ५०% मा झार्ने गरी कार्य भई रहेको वताउदै पाणिनि गाँउ पालिका मा पनि यी कार्यक्रम प्रति प्रतिबद्धता जनाउदै विविध कार्यक्रम भईरहको पाणिनि गाँउ पालिका प्राविधिक प्रमुख इन्जीनियर मोहराज पौडेलले अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन सँगको अन्तरवार्तामा वताउनु भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची

अन्य समाचारहरु