अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
पुन: निर्वाचित हुने अनुमान गरिएका कांग्रेस सभापती उम्मेदवार बिष्णुप्रसाद खनाल (मुस्कान)ले आफ्नो उम्मेदवारी फिर्ता घोषणा गरेसँगै शुरु भएको कांग्रेसको १४ औं महाधिवेशनको मतदान कार्यक्रम राती ८ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
जिल्लामा १४३८ मध्ये १४१५ मत खसेको छ । साथै केही बेरमा मतगणना शुरु हुने बताइएको छ ।
उता सभापतिको लागि तीन जना मात्र उम्मेदवार दिएका थिए । महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतीको पदमा भिडेका थिए ।
साथै उपसभापति पदमा ४ जना,सचिवमा ४ जना,सहसचिवमा ५ जना,जिल्ला सदस्यमा ५१ जना,केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८८ जनाले मनोनन दर्ता गरेका थिए ।