अर्घाखाँचीडट्कम संवाददाता
रुपन्देही (अर्घाखाँचीडट्कम) । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाबाट बेपत्ता अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं १ पणेनाका एक युवा व्यवसायी ८ दिनपछि पाल्पामा मृत फेला परेका छन् ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाबाट मंसिर १ गतेदेखि बेपत्ता पणेनाका २८ वर्षिय लक्ष्मण पोख्रेल पाल्पामा झुन्डिएको अवस्थामा मंगलवार मृत फेला परेका हुन् ।
लक्ष्मण मंसिर १ गते दिउसो १२ बजे १२ बा ७९ प ५११९ बजे पल्सर मोटरसाईकल लिएर सैनामैनाबाट निस्केका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा झुन्डिएको अबस्थामामा फेला पारेको थियो। साथै शबलाई पोस्ट मार्टमका लागि बुटवल ल्याईएको थियो ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।