जाडो महिनामा चिसोमा छाला सुख्खा र रुखो हुन नदिने चार घरेलु उपाय

एजेन्सी 
 चिसोमा छाला सुख्खा हुने गर्छ । चमक पनि हराउँछ । तातोपानी, हिटर र घामले छालालाई सुख्खा बनाउँछ । त्यसैले अन्य माैसममा भन्दा चिसाे माैसममा छालालाई बढि ख्याल राख्नुपर्छ । जाडोमा छालालाई स्वस्थ्य र चम्किलो बनाउने केही सजिला र घरेलु उपायहरू छन् ।
मोइस्चराज गर्ने– चिसोमा चम्किलो छालाका लागि सबैभन्दा महत्वपुर्ण हुन्छ । मोइस्चराजले छालालाई हाइड्रेड गर्छ । जसका लागि नरिवल, अरन्डी, जैतूनको तेलको प्रयोग गर्नुपर्छ ।
प्रर्याप्त पानी पिउने– चिसो मौसममा जाडो हुनाले कम पानी पिउने गरिन्छ । जसले शरीरलाई डिहाइड्रेड बनाउँछ । जाडोमा प्रशस्त पानी पिउँदा छाला चम्किलो हुने गर्छ ।
मनतातो पानीले अनुहार धुने– चिसो समयमा तातो पानीले अनुहारको मांशपेशीई आराम मिल्ने भए पनि छालालाई भने असर गर्छ ।
जाडोमा धेरै तातो र धेरै चिसो पानीको प्रयोगले छाला सुख्खा हुने भएकाले मनतातो पानीको प्रयोग लाभदायी हुन्छ । यसको प्रयोगले अनुहारमा प्राकृतिक सुन्दरता देखिले प्रयोगको निष्कर्ष छ ।
रातिमा ख्याल राख्नु– छालाको स्वस्थताको लागि राति पनि ध्यान दिनुपर्छ । सुत्नुअघि आफ्नो अनुहारलाई डिप मोइस्चराइज गर्नाले विहान उठ्दा चमक आउने गर्छ । रातको समयका केमिकल प्रोडक्ट प्रयोग नगर्दा नै बेस हुन्छ ।