अर्घाखाँचीका नगर र गाउँपालिकामा माओवादी केन्द्रको दोश्रो सम्मेलन शुरु (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहमा नेकपा (माओवादी केन्द्र)ले दोश्रो सम्मेलन शुरु  भएको छ । 
माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी जिल्लाका  सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा दोश्रो सम्मेलन उद्घाटन गरेको हो । माओवादीको सबै पालिकामा दोश्रो सम्मेलन जारी छ ।  
उता पालिका सम्मेलनलाई शनिबार १ बजे  अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल’ सम्बोधन गरेका थिए ।  
यही मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।
यस अघि  मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्व समेत चयन भइसकेको छ ।

अन्य समाचारहरु