खाँचीकोटका एक युवाको जलुके लामातालमा बिजुलीको तार तान्ने क्रममा झिम्रुक नदीले बगाएर निधन


अर्घाखाँचीडट्कम संवाददाता 
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका एक युवाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेको लामाताल स्थित झिम्रुक नदीले बगाएर निधन भएको छ । 
खाँचीकोटका २३ वर्षिय सन्दिप कुमार नेपालीको जलुकेको लामाताल बिजुलीको लाईन तान्ने क्रममा झिम्रुक नदीले बगाएर हिजो शुक्रवार निधन भएको हो । 
सन्दिपलाई अर्घाखाँची र प्युठानको सिमाना पर्ने जलुकेको लामातालमा शुक्रवार दिउसो २:३० बजे दुई फेस तानि सकेको अर्को थृफेस तान्ने क्रममा खोलाले बगाएको थियो । उनको शब कालिवनमा फेला परेको थियो । 
मृतकको शब पोस्टमार्टमका लागि घटनास्थलबाट जिल्ला अस्पताल प्युठानमा लगिएको छ । तर अहिले  शव प्युठानमा रहेको र अर्घाखाँचीमा भएको घटना अर्घाखाँचीले हेर्ने भनेर जानकारी आएको मृतकका बुवा पुन बहादुर नेपालीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।