अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनलाई लिएर चर्चित अन्तर्राष्ट्रिय मिडियाले “यस्तो रह्यो अन्तरास्ट्रिय मिडियामा एमाले महाधिवेशन” भन्दै सामाजिक संजालमा झुटो फेक प्रचार गरेको देखिएको छ ।
बिबिसी, अलजजिरा, आजतक, सिन्ह्वा, रोयटर्स, द न्युयोर्क टाइम्स लगायतका अन्तरास्ट्रिय मिडियाले लेख्दै नलेखेको, समाचार नै नबनाएता पनि एमाले समर्थकहरुले “यस्तो रह्यो अन्तरास्ट्रिय मिडियामा एमाले महाधिवेशन” भन्दै सामाजिक संजालमा झुटो फेक प्रचार गर्ने गरेका छन् ।
मंसिर १० गतेको एमालेको चितवनमा आयोजित दशौं महाधिवेशनको उद्घाटन सत्रमा उपस्थितीलाई लिएर नेपालका बाहेक बाहिरी, अन्य मुलुकका मिडियाले कुनै समाचार नबनएको देखिन्छ । अर्घाखाँचीडट्कमले खोजी सर्च गरे अनुसार नेपालको बारेमा गएको १ हप्तादेखि यि अन्तर्राष्ट्रियले कुनै समाचार नै बनाएका छैनन् ।
तर एमाले समर्थकहरुले “यस्तो रह्यो अन्तर्राष्ट्रिय मिडियामा एमाले महाधिवेशन” भन्दै झुटो प्रचार गरेका छन् ।
फेक झुटो प्रचार यस्तो छ:-
यस्तो रह्यो अन्तरास्ट्रिय मिडियामा एमाले महाधिवेशन !
१) ठाउँ कब्जा गरेको हिसाबले एमाले महाधिबेशनमा १० लाख भन्दा बढी मानवसागर उर्लिएको देखियो – बिबिसी
२) कार्ल माक्र्स पछि बिश्वमा कम्युनिस्ट धार अब कस्तो रहने भन्नेमा एमालेले तय गर्नेछ ।- अलजजिरा
३) नेपालमा देखिएको कम्युनिस्ट पार्टी र केपि ओलिको क्रेज अन्तर्राष्ट्रियस्तरकै रहेको प्रारम्भिक अनुमान – आजतक
४) नेकपा महाधिवेशनलाई लिएर दक्षिणी एसियामा कम्युनिस्टको दरिलो उपस्तिथि रहेको र चिनियाँ कम्युनिस्ट पार्टिले यसको उच्च मुल्यांकन गरेको सि जिङ्पिङ्ग ज्युको भनाइ बाहिर आएको छ ।- सिन्ह्वा
५) नेपालमा आगामी केही समय भित्रै कम्युनिस्ट सरकार बन्न्ने र त्यस्को नेतृत्व केपि ओलिले गरिरहेने स्थिति बनेको छ ।- रोयटर्स
६) मान्छेहरु महाअधिबेशन भन्नाले एमालेको कार्यक्रमलाई सम्झिनेछन् । – द न्युयोर्क टाइम्स ।