अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट चितवनकाे साैराहामा जारी नेकपा एमालेकाे महाधिवेशनमा अध्यक्ष मण्डलले पेश गरेकाे सुचिमा चारजना समेटिएका छन् । साथै सचिवमा टाेपबहादुर रायमाझी चयन भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे सुचीमा सचिवमा टाेपबहादुर रायमाझी सहित चार जनाकाे नाम प्रस्ताव भएकाे हाे ।
यस्तै उक्त सुचिमा केन्द्रीय सदस्यमा चन्द्र खड्का, चेतनारायण आचार्य र बम बहादुर विक रहेका छन् ।
फोटो: – हरिप्रसाद भुसाल