झनक केसी
मंसिर ९ गते बेलुका ८ बजेदेखि अर्घाखाँची शितगङ्गाको सितापुरबाट यात्रा सुरु हुन्छ बसमा जनतन ४० बिभिन्न टोलबाट खटिएका कमिटिमा आवद्ध भएका दाजुभाईहरुको रमाईला कुरा बसले डेकमा बजाएका मिठा भाकाका गित सुन्दै सहज तरिकाले दाउन्ने २ बजे पुगियो त्यसपछी झन्डावाला गाडिहरु सार्बजनिक यातायातका चापले जाम हुन सुरु भयो बाटो निकै अप्ठेरो रैछ बाटोमा तुवालो (कुइरो) लागेर नजिकको बाटोपनि नदेखेर ड्राइभरलाई पनि निकै कस्ट भएको अबस्थामा करिब बिहान ५ बजे नवलपुर पुगियो त्यहाँ पुग्दा पार्किङ्गनै थिएन बिहानै हजारौ मानिसको भिड देखियो गाडिबाट उत्रिएर चिया पसलमा पसियो बस फर्काएर पार्किङ्ग खोज्दै करिब २ किलो मिटर फर्कियो अनि चिया पसलमा पानिको बोतल किनेर मुख धुन थालिलो अनि पसल भिडभाड जता ततै ट्वाइलेट जाम बाटो जाम सुरु भै सक्यो चिया उभिएर पिइयो अनि पैद्लयात्रा सुरु गरियो चिसो तुवाँलो लागेर बाटोनै देखिएको थिएन बाटोमा मानिसको भिड पुलमा पुग्न १ घण्टा लाग्यो। पसिनाले शरीर भिज्यो बस्ने ठाउनै छैन छिटो पुगियो भने अगाडिनै बस्न पाइन्छ भन्दै पुलको गेटमा पुग्दा रमाइलो झिलिमिलि देखियो.बल्ल निद्रामा रहेको ज्यान अलि खुल्यो..
बाहिरी तत्वहरुले भेडा हुन भनेर कुन्ठा पोख्नेहरु बास्तबिकता देखि डराउनेहरुलाई के भनौ। आफ्नै खर्चमा हामि गएका छौ। आफ्नै पैसाले बाडिचुडि काचो, पाकेको खाना,नास्ता पकायर र केहि किनेर खायौ॥ एकले अर्कालाई पुग्दो नपुग्दो घरबाट ल्यायको मकै भट्ट बाड्यो॥ पुग नपुग बचेको पैसाले मासु भात खायौ॥ तैपनि आफुलाई भाग्यशालि ठान्यौ॥ गाडि धेरै भयर होला॥ ४ कि.मि.वरबाट हिडेर कार्यक्रममा सहभागि भयौ
फ्रेस हुन भनि नारायणघाट बजार पस्दा बजारपनि नेपाल अधिराज्य भरिका जनताले त्यति नै भरियको रहेछ । कुनै सम्भवनै भएन मानिसको भिड मनमा केपि वलि र एमालेका नाराहरुले चितवन बजार गुन्जिएको थियो कहाँ जाऔ कता जाऔ भन्दै यत्रतत्र हुदा साथिहरु आफ्नै तालमा छुटिन पुगेछन.स्टेज नजिकै पुगेर हेर्दा सजावटले भरीएको नेपालको झण्डा,सुर्य अन्कित झन्डा,हसिया हतौडा एमालेको झण्डाले भरिभराउ देख्दा कुनै स्वर्ग भन्दा कमि थिएन रमाइलो लागि रहेको थियो। नारायणी नदिमा डुङ्गाहरु आवत जावत गर्दै मस्त पैसा कमाइ रहेका थिए। डुङ्गामा सजिएको नेपालको झन्डा अनि सैपनी एमाले मै पनि एमाले भन्ने गित बजाएर आनन्द गर्दै सेल्फी लिदै रमाइलो गरिरहेका थिए नारायणि नदि पारी पट्टि ठूलो ब्यानरमा “जनताको बहुदलीय जनबाद जिन्दावादले” सबैको मन तानेको देखियो प्राय सबैले फोटो खिचाएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा प्लेनबाट फूल बर्साइएको छ । शुक्रबार नारायणी नदी किनारमा पार्टीको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका बेला प्लेनबाट फूल बर्साइएपछि अझ रौनक बढेको थियो।
मिडियाकर्मिहरुलाई मेन स्टेजको दायाँ साईटमा ठूलो स्टेजमा छुट्टै ब्यबस्थापन रैछ त्यहाँ माथिबाट फोटो खिच्दा क्यामरामै अटाएन विभिन्न रास्टिय मिडियाले प्रत्यक्ष प्रसार गरिरहेका थिए ड्रोनबाट फोटोसुट गरिरहेका थिए हजारौंको संख्यामा रातो जाकेट र टोपिमा तैनाथमा स्वयंसेवकको ब्यबस्थापन देखिएको थियो पुलबाटै सुन्न सकिन साउन्ड सिस्टम विभिन्न ठाउमा राखिएको स्कृनले सबैको मन जितेको थियो।
अन्तत त्यतिकैमा बेलुका ५ बजे फर्केने बेला भै सक्यो। मानिसको आउने जाने भिडलाई छोडेर फर्कने तिर लाग्यो साथिहरु लाई सम्पर्कमा ल्याउनु पर्यो भनेर फोन गरियो फोन कतै कसैको लागेन ४० जना मध्ये १० जना जनतन भेट भयौ। अनि फर्कने तयार भैयो ।अनि पुलको नजिक आउदा जनमासको भिडले करिब ४ घण्टा पुलको छेउमै भिडमा फसियो कसैको केही लागेन पारिपुल भरी भराउ चोकबाटै छिर्न सकिएन ।
पुलको त्यो जाम सुनियोजित ढङ्गलेपनि हुन सक्छ भन्ने धेरैको हल्ला सामाजिक सन्जाल तातियको रहेछ॥ मानिसको भिड फर्कने कर्ममा चितवनको पुल काण्ड झट्ट हेर्दा २ ओटा एम्बुलेन्समा बिरामी सुताएझै गरेर नाटक गर्ने,दैनिक पत्रीकाको २ ओटा स्कार्पियोले पुलको मुख्य गेट्मा बिग्रेको भन्दै छडके पार्किङ्ग गर्ने भिड नियन्त्रण गर्न सयैमा खटिएका सुरक्षाकर्मी पुलमा माथीबाट सेल्फी खिच्ने,पुलको बारमा हजारौ मानिसलाई दुबै साइट्बाट हिडन लगाउने अनि बिचमा पुगेपछी फर्काउने मानिसलाइ कुकुरको ब्यबहार गर्ने जस्ता दृश्य देखियो बिचित्र देखियो.सधै अप्रत्यासित कान्ड घट्ने चितवनलाई बिदा गर्न मन त थियन तर हामि पश्चिमका पश्चिम लाग्यौ॥ पुर्वका पुर्व लाग्यौ साझ फर्किदा ४ कि.मि. हिड्यौ॥ हजारौ गाडिमा आफु आएको गाडि खोज्न थाल्यौ मुस्किलले २ घन्टामा बल्ल भेट्यौ॥ सधै ९ घन्टा लाग्ने तर त्यो समय १९ घन्टामा घर पुग्यौ॥ सहभागि हुन पाउदा सबै पिडा खुसिमा परिणत भयो॥ तर अन्य पार्टिका साथिहरुले भेडा चर्न गयका भनेछन मासु भात खुवायर पैसा दियर ल्यायको भनेर बास्तबिकता लाई बङ्गयाउन हजार कोसिस गर्नुभयछ॥ बास्तबिकता त जनतालाई थाहा छ॥ त्यो बेलामा कसरी घर पुगौ भन्ने सबैको मन मस्तिस्कमा थियो केही थाहा भएन घरपुगेको २ दिन पछि चितवनलाई फर्केर हेर्दा सम्झदा वाकै जिवनमा धेरै घुमियो धेरै ठाउँ घुमियो धेरै बर्ष बिदेश बसियो तर यो नै जिवनको अबिस्मरणिय क्षण बन्यो
लेखक झनक केसी – सामाजिक अभियानकर्ता तथा मिडियाकर्मी हुन