डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नम्बर ५ मैदानको उपल्लो अमजामा सामाजिक सेवामा समर्पित युवा कल्वले विभिन्न दीर्घरोगीको लागी सहयोग,स्थानीय क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
“आफ्नो गाँउ आफै वनाऔ- समाज सुधारका लागी एकता हौ” भन्ने मुल उद्देश्यले स्थापित राधाकृष्ण युवा कल्व द्वारा कल्वको नवौँ स्थापना दिवस पाणिनि गाँउ पालिका वडा नं ५ अमजामा मनाउनेकार्यक्रम सम्पन्न गरेको छ ।
राधाकृष्ण युवा कल्व द्वारा कल्व २०७० मा संस्था स्थापना भएको थियो । स्थानीय युवाहरुको सक्रियता रहेको यस कल्वले आगामीदिनमा भौतिक पुर्वाधारको विकासका लागी पनि काम गर्ने वताएको छ । नवौ स्थापना दिवस मनाउने कार्यक्रममा
स्वतन्त्र पत्रकार/अर्घाखाँची डटकमका समाचार सम्पादक परराष्ट्र मामिला तथा व्युरो प्रमुख डिआरजी सुमनलाई दोसल्ला ओढाएर विशेष सम्मान गरेको छ ।
पाणिनि गाँउ पालिका ५,अमजामा आयोजित स्थापना दिवस मनाउने कार्यक्रममा कल्वका अध्यक्ष हुमनाथ वेल्वासे को अध्यक्षता, पाणिनि पर्यटन समाज का अध्यक्ष झविन सुनामको प्रमुख आथित्यता,ओम ईन्टरटेन्मैन्ट प्राली का महासचिव वसन्त केसी,डिआरजीसुमन फ़ैन्स कल्वका सचिवालय सचिन नेत्र नेपालीको विशिष्ट आथित्यता रहेको कार्यक्रममा स्थानीय हरुको उपस्थिति तथा संस्थाका उपाध्यक्ष नारायण वेल्वासेको संचालनमा सम्पन्न भएको छ । – तस्वीर डिआरजी सुमन