डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका स्थित दुर्गाफाँटमा ग्लोबल आइएमई बैँक लिमिटेड पोखराथोक शाखाको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गाफाँटमा आज बिहिवार ग्लोबल आइएमई बैँक लिमिटेड पोखराथोक शाखाको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक लि. ले अर्घाखाँचीमा डिजिटल बैंकिङ्ग सम्वन्धी कार्यक्रम सम्पन्न गरेको थियो । ग्लोबल आइएमई बैँकमा आवद्ध ग्राहक तथा आमसर्वसाधारणहरुलाई डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रदान गरिएको पोखराथोक शाखा प्रमुख लील वहादुर सारु जानकारी दिनुभयो ।
एक दिने साक्षात्कार कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयबाट सागर बहादुर सिंह, रुपेश शर्मा, प्रादेशिक कार्यलयबाट सागर वास्तोलालगायतका प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
उहाँहरुले मोवाइल बैंकिङ्ग , इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड , क्रेडिट कार्ड ,क्यूआर कोड पेमेन्ट , ट्राभल कार्ड ,युज कार्ड ,मिस्कलबैंकिङ्ग , कोर्पेरेट पे लगायतका विषमा जानकारी मुलक प्रशिक्षण दिनुभएको थियो ।
पाणिनी गाँउपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागीबाट आएका प्रश्न तथा जिज्ञासाहरुको समेत जवाफ दिइएको थियो ।
ग्लोबल स्मार्ट प्लस एप्लिकेशन मोबाईलमा डाउनलोड गरी सोबाट उल्लेखित सेवाहरु लिन सकिने तथा घन्टौ लाइनमा बसेर बैंकमा गईनगद रकम निकाल्नु पर्ने बाध्यताका साथै समयको बचतका लागि पनि डिजिटल बैंकिङ्गका सेवाहरुको महत्व बढेको कार्यक्रममा प्रष्ट्याइएको थियो ।
नेपाल राष्ट्र बैंकबाट “क” बर्गको इजाजत प्राप्त ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा २ सय ८७ वटा शाखा सञ्जाल विस्तारगरीसकेको तथा हाल बैंकको ग्राहक संख्या २७ लाख बढी रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा बैककाजिल्लामा संचालित शाखा रहित बैकिङ प्रतिनिधि र अन्य गरि १०० जनाको सभागिता थियो ।
अर्घाखाँची ज़िल्लाको ग्रामीण क्षेत्रमा वैकिंग कारोबार अपेक्षाकृत तवरले नभए पनि यसलाई व्यवस्थित वनाउने कार्य निरन्तरता भईरहेको पाणिनी गाँउपालिकाको केन्द्र दुर्गाफाँटमा रहेको एक्सटेंशन काउण्टर प्रमुख श्रीराम गौतमले अर्घाखाँची डट्कमलाई जानकारी गराउनु भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।