सन्धिखर्कमा माओवादी केन्द्रका नेता स्व. टंकमणीको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय प्रतिनिधि,  रुपन्देही जिल्ला ईन्चार्ज तथा  अर्घाखाँची जिल्लाका पूर्व ईन्चार्ज रामप्रसाद बन्जाडेकाे (टंकमणी) को सम्झनामा शोक तथा  श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा माओबादी केन्द्र केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज  शुशिला श्रीपालीले नेता टंकमणी कम्युनिस्ट आन्दोलनको योद्धा भएको बताउनुभएको छ । 
 माओबादी केन्द्र  अर्घाखाँचीले आज आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता श्रीपालीले  स्वर्गीय नेता टकमणीले वर्ग सङ्घर्ष एवं पञ्चायती निरंकुशता ,१० बर्ष जनयुद्ध र नेपालको सामन्ती राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका र क्रान्तिकारी पार्टी निर्माणमा महत्वपुर्ण योगदान रहेको बताउदै उहाँको निधनले क्रान्तिकारी पार्टी निर्माण र कम्युनिस्ट आन्दोलनमा अपुणीय क्षेती भएको बताउदै नेता टकमणी सरल स्वभाब विभिन्न प्रलोभनको पछाडि नलागी सदैब निष्ठा त्यागको राजनितिक गर्ने योद्धा भएको बताउनुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका उपसचिब प्रेमनारायण गैरेले नेता टंकमणीलाई जनताले सदैब कम्युनिस्ट आन्दोलनको योद्धाका रुपमा सदैब सम्झिरहने बताउदै  देश र जनताको पक्षमा निस्वार्थ इमान्दारीताका साथ लागेको योद्धा भएको बताउदै उहाँको निधनले कम्युनिस्ट आन्दोलन लाई नै अतुलनीय क्षेती भएर्कोे बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीले नेता टंकमणी कम्युनिस्ट आन्दोलनका योद्धा भएको  बताउदै कसैको मुत्यु चराको व्वाख झै हुने कसैको मुत्यु अलि गरुङ्गो हुने बताउदै नेपालको बामपन्थी आन्दोलनमा नेता टकमणी सद्धैब रहने बताउदै टंकमणीको योगदानलाई कम्युनिस्ट आन्दोलनले स्मरण गर्ने बताए । 
कार्यक्रम प्रदेश सचिबालय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार विकको अध्यक्षता प्रदेश सदस्य छमकुमारी खनाल चिनारीको सञ्चालनमा सम्पन्न कार्यक्रमा पार्टीका नेता कार्यकर्ता शुभेच्छुक नेता कार्यकर्ता अन्य पार्टीका नेता कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।  नेता टंकमणीको मसिर ८ गते सबारी दुर्घटना परेर बुटबलमा मुत्यु भएको थियो । 

अन्य समाचारहरु