अर्घाखाँचीमा एकीकृत समाजवादीको भेलामा आश्चर्यजनक उपस्थिती, एमालेमा तरङ्ग फैलियो (विश्लेषण)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) को बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । कार्यकर्ता भेलामा उपस्थिती आश्चर्यजनक देखिएको छ ।
डट्कमले गरेको विश्लेषण अनुसार नेकपा एमालेको गत भाद्र २९ गते मंगलवार आयोजना गरेको भेलाको तुलनामा आज शनिवार एकीकृत समाजवादीको भेलामा कार्यकर्ताको उपस्थिती राम्रो देखिएको छ ।
एमालेले भाद्र २९ गतेको बृहत कार्यकर्ता भेला शक्ति प्रर्दशनका रुपमा व्यापक प्रचार प्रसार गरी गाउँ-गाउँबाट अनिवार्य कार्यकर्ताहरु उपस्थिती गराएको थियो । तर आजको एकीकृत समाजवादीले आयोजना गरेको भेलामा अनिवार्य कार्यकर्ताहरु उपस्थिती गराईएको थिएन् ।  भने खासै गाउँ- गाउँमा प्रचार प्रसार पनि भएको थिएन् ।
आजको आश्चर्यजनक उपस्थितीपछि अर्घाखाँची एमाले र जिल्लाको  राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।
सामाजिक संजालमा एमाले नेता कार्यकर्तालेआज एकीकृत समाजवादीको कार्यक्रममा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका  कार्यकर्ताहरुको उपस्थिती रहेको भ्रम फैलाएता पनि सभागृहमा भित्र भने अन्य पार्टीका कार्यकर्ताहरु कसैको उपस्थिती थिएन् । कार्यक्रममा कयौ त यस अघि एमाले हुँ भन्ने, एमालेका कार्यक्रममा सहभागी रहदै आएका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
एमालेबाट टुक्रिएर नयाँ पार्टी गठन भएपछि एकीकृत समाजवादीले पहिलो पटक अर्घाखाँचीमा कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।
उता कार्यक्रममा प्रमुख अथिती पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । नेपालले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए । ‘अब राष्ट्रिय सभा चुनाव हुँदैछ, त्यहाँ गठबन्धनकै साझा उम्मेदवार बनाउँछौं,’ नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौं । चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।’ उनले अर्घाखाँचीमा उपचुनाव गर्ने कि एक वर्षपछि एकैपटक चुनाव गर्नेबारे छलफल भइरहेको बताए ।

अर्घाखाँचीमा एमाले उम्मेदवारलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन कुरा मिलिसकेको नेपालले दाबी गरे । संविधान कुल्चिएर प्रतिगामी दक्षिणपन्थी बाटोतिर लाग्ने ओली एमालेको भविष्य अब नरहने उनको भनाइ थियो । उनले अर्घाखाँचीमा पनि गठबन्धन बलियो बनाउने गरी लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘संघ र प्रदेश सरकारबाट बढारिएको एमालेलाई अब आउँदो चुनावमा पत्तासाफ हुन्छ र सूर्यमा ग्रहण लागिसक्यो, काम लाग्दैन,’ नेपालले भने, ‘अब कलम चम्किन्छ । जे गर्छ कलमले गर्छ ।’
केपी ओलीले चितवनमा कुम्भ मेला गरेर तमासा देखाएर जनताको बहुदलीय जनवादको माला जपेर जबजलाई नारायणी नदीमा बिसर्जन गरेर काठमाडौ फर्केको आरोप नेपालले लगाए । आफूसहित अन्य पदमा उम्मेदवारी दिनेलाई मत नदिन भन्न लगाएर हरिबिजोग गराएको उनको टिप्पणी थियो ।
कार्यक्रममा नेकपा समाजबादी केन्द्रिय सचिब तथा लुम्विनी प्रदेश इन्चार्ज भागबत विश्वासी लुम्विनी प्रदेश अध्यक्ष भेटमणि चौधरी केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज पिताम्बर भुसाल केन्द्रिय सदस्य तथा सह ईन्चार्ज पिताम्बर सारु लगायतका नेताले कार्यक्रममा मन्तब्य राख्दै अबको चुनाबमा एमालेको पत्तासाफ हुने बताउदै कार्यकर्तालाई समाजबादी पार्टीको लक्ष्य उदेश्यलाई गाँउ गाँउ बस्ती बस्तीमा लैजानको लागि आग्रह गरेका थिए ।
कार्यक्रम नेकपा समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता सचिब युबराज पौडेलको सञ्चालन उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्ला अगुवा कार्यकर्ताको व्यापक रुपमा उपस्थिति रहेको थियो ।