सन्धिखर्कमा त्रिवेणी बचत तथा ऋण सहकारीको दशौ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा घिमिरे चयन


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कको अध्यक्षमा कमल प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । 
शनिवार सन्धिखर्कमा सम्पन्न १० औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले अध्यक्ष घिमिरेको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति निर्बिरोध चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा यमकला बन्जाडे,सचिवमा नारायण भुसाल र कोषाध्यक्षमा टोपलाल खनाल चयन हुनुभएको छ । ३ बर्षको लागि गठन गरिएको नयाँ सञ्चालक समितिको सदस्यमा गणेश पौडेल,मिरा केसी,माधवा भुसाल घिमिरे,केवि भुसाल,जीवनारायण खनाल,शिव वेल्वासे र शालिकराम बन्जाडे छनौंट हुनुभएको निर्वाचन मण्डलका संयोजक हरी प्रसाद भुसालले जानकारी दिनुभयो ।
अधिवेशनले चोपनारायण बन्जाडे संयोजक,विशाल खनाल र सिता बन्जाडे सदस्य रहेको लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । निर्वतमान अध्यक्ष उत्तममणी मिश्रको अध्यक्षता,नारायण प्रसाद भुसालको स्वागत मन्तव्य र कमल प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न साधारण सभाको सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार विकले ७ वटा पानसमा दिप प्रज्ज्वलनगरी उद्घाटन गर्नुभएको हो । उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रमुख बिकले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा त्रिवेणीले निर्वाह गरेको महत्वपूर्ण भुमिकाको प्रशंसा गर्नुभयो । बिकले सहकारीले बचत संकलन,रिण लगानी र ब्याजबाट नाफा कमाउने मात्रै काम नसम्झिएर उत्पादन मुलक क्षेत्रमा लगानी गर्न,आर्थिक स्तर नउठेका समुदायको स्तरबृद्धि गर्न र प्रविधिको उपयोग गरि रोजगारको बातावरण सिर्जना गर्ने तर्फ ध्यान दिन आम सहकारीहरुलाई सुझाव समेत दिनुभयो ।
सञ्चालक समितिको तर्फबाट निर्वतमान अध्यक्ष उत्तममणी मिश्र,कोषाध्यक्ष मोहनराज भुसाल,लेखा सुपरिवेक्षण समितिको तर्फबाट शिव वेल्वासे र व्यवस्थापक तुल्सीराम खनालले छुट्टा–छुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाको सहकारी शाखा प्रमुख जिवनारायण आचार्य,जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीका अध्यक्ष दोर्ण प्रसाद भुसाल,पत्रकार महासंघ जिल्ला सचिव विनोद गैरे र युनाइटेड इन्सोरेन्स कंपनीको तर्फबाट शुनिता क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैबिच सहकारीले साधारणसभाको अवसर पारी ७० बर्ष माथिका दुइ जना जेष्ठ सदस्यहरु उमानन्द मिश्र र बेदप्रसाद खनाललाई सम्मान गरेको छ । यस्तै सहकारीले सेयर सदस्यहरुका छोराछोरीको तर्फबाट एसइइ परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सुदिप भुसाल,अमृता बेल्वासे र स्वेच्छा भुसाल सहित समितिका पूर्व अध्यक्ष चन्द्र प्रसाद बन्जाडे , अपाङ्गता भएरपनि उत्साहपूर्वक सहकारिका गतिविधिमा भाग लिने दुइजना सेयर सदस्यहरु डिलबहादुर रायमाझी,आकाश भुसाल र पत्रकारीताको क्षेत्रबाट संस्थालाई सहयोगगर्ने पत्रकारद्धय गोपाल भट्टराई र हरीप्रसाद भुसाललाई नगद र प्रमाणपत्रले सम्मान समेत गरेको छ ।
२०६८ सालमा स्थापित संस्थामा हाल १ हजार ६८ जना शेयर सदस्यहरु आबद्ध रहेको र झण्डै १४ करोड बराबरको पुँजी रहेको जनाईएको छ । पछिल्लो समय संस्थाले जिल्लामा बिभिन्न सामाजीक र सचेतनामुलक गतिबिधिहरु समेत सञ्चालन गर्दे आईरहेको संस्थाका व्यवस्थापक तुल्सी खनालले बताउनु भएको छ ।

अन्य समाचारहरु