श्याम घिमिरे
गोखुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकावार्ड नम्बर –९ गोखुङ्गामा रहेको श्री सूर्य माध्यमिक बिद्यालयले आफ्नो ६२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । शनिवार एक कार्यक्रमका बिच बिद्यालयले ६२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
कार्यक्रममा मालारानी गाउँपालीका ९ का वडाअध्यक्ष फन बहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षत्री,नेपाली काँग्रेस वडासभापति जितबहादुर थापा,एमाले वडाकमिटी अध्यक्ष गिरीराज पौडेल,नेकपा माओबादी केन्द्रका वडाकमिटी अध्यक्ष चन्द्रमणी खनाल,राष्ट्रिय जनमोर्चाका अध्यक्ष टोपलाल घिमिरे,भुमेदह माबिका प्रअ भुपेन्द्र थापा, स्थानिय शिक्षा प्रेमी महेन्द्रबाबु खनाल, बिद्यालय समितिका भुपु अध्यक्ष विष्णु प्रसाद पौडेल,योगेन्द्र खनाल लगायतले बिद्यालयको थप प्रगतिको शुभकामना सहित मनतव्य राख्नु भएको थियो भने, बिद्यालयका प्र.अ डुक प्रसाद पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासीलगर्ने छात्रछात्रा र अतिरिक्त क्रियाकलापमा पुरस्कृत हुने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गनुका साथै छात्रवृत्ति समेत बितरण गरीएको बिद्यालयका प्रअ पौडेलले जानकारी दिनुभयो । कार्यक्रमा हरि तिला अक्षयकोष र पबित्रा अक्षयकोषबाट छात्रबृति बितरण गरीनुका साथै पुर्ब बिद्यार्थी सागर खनालको सौजन्यमा रु १० हजार बराबरको पुरस्कार समेत बितरण गरीएको हो । यस्तै बिद्यालयमा १६ वर्ष अध्यापन गराइ हाल प्युठान सरुवा भई जानुभएका शिक्षक लक्ष्मण पोख्रेललाई दोसल्ला ओढाँई बिदाइ तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियोे ।
यसैबिच बिद्यालयका शिक्षक रामकृष्ण घिमिरेले आफ्ना स्वर्गीय बुबा एवं बिद्यालयका संस्थापक शिक्षक खिमानन्द घिमिरे र आमा सुमित्रा घिमिरेको स्मृतिमा रु.५१ हजार १ सय ५ रुपैयाको स्व. खिमानन्द– सुमित्रा स्मृति अक्षयकोषको स्थापना गर्नुभएको छ । कोषवाट गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरीने शिक्षक घिमिरेले बताउनु भयो ।
कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष बुधिराम भुसालको अध्यक्षता, शिक्षक टुक बहादुर जि.सि.को स्वागत मन्तव्य र विद्यालयका सहायक प्रधानाध्यापक मान बहादुर डाँगीको सञ्चालनमा सम्पन्न भएको हो । बिद्यालयमा निकट भबिश्यमा प्राबिधिक शिक्षा सञ्चालन गर्ने प्रस्ताब पेस गरीएको र त्यसको पहलमा आफुहरु लागीपरीरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षत्रीले जानकारी दिनुभयो ।