दुर्गा प्रसाद पन्थी
चुत्राबेसी (अर्घाखाँचीडट्कम) । फोटो वि.सं २०४० साल वैशाखको हुन सक्छ जति वेला बजार बसेपछिको ठूलो मध्येको बाढी आएको थियो । तस्बीरमा घोचे खोला भद्रे खोला र बॉगी खोला समतुल्य छन् ।
तस्वीर बाढी ठुलो भएकै कारण लिईएको छ किन कि लगभग तस्वीरको ४० प्रतिशत भाग बाढीको फोकसमा छ।
तस्वीर २०४० भन्दा पहिला हुन नसक्ने सबभन्दा ठूलो आधार भद्रे खोला माथिको प्रावि भवनको नयाँ भवन हो जुन गंगा प्रावि जनज्योतिमा गाभिएपछि जनज्योतिबाट ४र ५ कक्षा पढाउन बनाइएको हो । भवन तयार भएपछि ४०/४१ बाट ४ कक्षा नयाँ भवनमा पढाइ शुरु गरिएको हो।
फोटो २०४२ साल पछिको पनि हुन सक्दैन घोचेखोला र भद्रे खोला बिचको बजार (मान्द्रे बजार) २०४२ मा शुरु भएको हो र तस्वीरमा बजार भएको ठाउमा खेत छ।
फोटा चुरामणी भुसालको डिजलबाट चल्ने मिल र संगम बगैचाको बिचको भागबाट लिईएको हो । उक्त मिल जिल्लाको एक मात्र डिजल मिल (तोरी पेल्ने समेत) रहेको थियो । मिल चलेपछी आउने तुत्तुत आबाज धरमपानी डिभर्ना वांला। कुर किमडॉडॉ खॉचीकोटसम्म सुन्न सकिन्थ्यो ।
गंगा प्रावीको जनज्योतिमा बिलयपछि चुत्राबेसी क्षेत्रमा एक मात्र स्कुल थियो। अहिलेको शंखेटारीको स्कुल माथि कुर डॉडामा थियो ।जनज्योतिमा कुर ,पकले, डिहीडॉडा,धनचौर,पटुवाथुम , तिखेथुम ,डिभर्ना ,धरमपानी, धारापानी , मसुरपाटा, वॉगी ,नुवाकोट ,ढाकाबाङ लगायत क्षेत्रका निमावि वाट पढ्न आउने गर्दथे । गणेश सरको अंग्रेजी पढाइ जिल्लामा नै पसिद्ध थियो ।
त्यस्तै हंसपुर नरेन्द्र सरको अंग्रेज़ी हिउदमा चल्ने एसएलसी कोचिंगमा नामी थियो । जनज्योतिको यू आकार को पुरानो भवन भत्काएपछि कार्यशाला भवनमा समेत पढाइ हुन्थ्यो । पढाइमा धनीगरीब भेदभाव थिएन । तत्कालीन सिडिओ जिसिअ ब्यॉक मेनेजर जनप्रतिनिधी र जिल्लाका प्रतिष्ठित व्यापारी सबैका छोराछोरीले जनज्योतिमा नै अध्ययन गर्दथे। २०३६ को आन्दोलनपछि विद्यालयको छात्रावासमा कोही नबस्ने गरेकाले बजारका धेरै घरमा भाडामा विद्यार्थी बस्थे भने साढे एक घन्टा हिडेर विद्यालय आउनु सामान्य थियो ।
सन्धिखर्कमा रहेको श्री भगवती मावी कुर संखेटारी मुनीबाट देखिएको चुत्राबेसी जोड्ने बाटो, सन्धिखर्क बोर्डिङ, जय सन्तोषी चलचित्र हल लाईन लगायत विक्रम संवत २०५२ मा ।
२०३२ साल असोज महिनामा सदरमुकाम चुत्राबेसीमा आएको थियो ।
अहिले