चुत्राबेसीको श्री जनज्योति मावीमा प्रहरीको लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले समाज परिवर्तनमा सबैको नागरिक सरोकारवाला निकायको महत्वपुर्ण भुमिका हुने बताउदै  हरेक तहमा सचेतनापुर्वक नेतृत्वदायि भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।  जिल्ला प्रहरी कार्यांलय अर्घाखाँचीले आज  जनज्योति माध्यमिक विधालयमा आयोजना गरिएको कार्यक्रमा  उनले यस्तो बताएका हुन् ।   
प्रजिअ घिमिरेले समाजमा हरेक किसिमका विभेद रहेका हुन्छन् विभेदको सबै मिलेर निराकरण गर्नुपर्ने बताउदै लैगिक हिसा समाजमा न्युनिकरण गर्न सामाजिक परिबेश प्रति सबै जिम्मेबारी जवाफदेही बन्नुपर्ने आजको सरोकारवाला निकाय सबैको आबश्यकता भएको बताउदै सबैले समाजमा सचेतना जगाउनुपर्ने बताए । 
कार्यक्रममा प्रहरी नायब उपरिक्षक अम्बर बहादुर थापा क्षेत्रिले  प्रहरी र नागरिक बिचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने बताए । लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तरगत कार्यक्रममा शान्तिसुरक्षा, अपराध नियन्त्रण, लागु पदार्थ ओसारपसार, मानव बेचविखन, लैगिंक हिंसा नियन्त्रणमा प्रहरीले प्रहरीको महत्वपुर्ण भुमिका हुने बताउदै बोल्नको लागी सक्ती चाहिदैन तपाई संग आट हुनुपर्छ ,लैङ्गिक हिंसा, दुर्व्यवहार महिलाविरुद्ध हुने सम्पूर्ण हिंसा अन्त्य गर्न सबैले आवज उठाएमा मात्र अन्त्य हुने बताउदै कसैलाई समस्यामा भएमा नजिकको इलाका प्रहरी कार्यालय प्रहरी चौकी जिल्ला प्रहरी कार्यालय गाँउपालिका नगरपालिकामा उजुरी दिन का लागि आग्रह गरे ।   
हिंसा विरुद्धको १६ दिने अभियान बिहीबारदेखि अर्घाखाँचीमा शुरु भएको थियोे ।  घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो बर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु गरिएको हो ।हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने यो दिवस अर्घांखाँची  पनि बिभिन्न कार्यक्रम गर्ने क्रम जारी छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लामा ६४ ओटा साझेदारी कार्यक्रम गरेको छ भने १८६७ जना नागरिक लाभान्वित भएको प्रहरी प्रमुख थापाको भनाई रहेको छ । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न २ का अध्यक्ष मोतिजङ्ग रायमाझीले द्धृष्टिकोण चेतनाको स्तर माथि उठेमा विभेदलाई न्युनिकरण गर्न सकिने बताए । 
कार्यक्रममा पत्रकार अनिल नेपाली विक्रम नेपालीको आतिथ्यता रहेको थियो कार्यक्रम जनज्योति माध्यमिक विधालयका प्रधानाध्यापक माधब आचार्यको अध्यक्षता प्रहरी सहायक निरिक्षक  ईश्वरी जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु