सन्धिखर्कमा प्रहरी कर्मचारीलाई सचेतनामुलक कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दुर्घटना न्युनिकरण गर्न प्रहरीको महत्वपुर्ण भुमिका हुने जिल्ला प्रहरी कार्यालय अर्घाखाँची कार्यालय प्रमुख अम्मर बहादुर थापा क्षेत्रीले बताउनुभएको छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी कर्मचारीलाई आज आयोजित सचेतनामुलक कार्यक्रममा मन्तब्य राख्दै थापाले यस्तो बताउनुभएको हो । 
थापाले दुर्घटना न्युनिकरण गर्नको लागि प्रहरीको महत्वपुर्ण भुमिका हुने हुदा प्रहरी जिम्मेबार अभिभाकत्व भुमिका निर्वाह गनुपर्ने दुर्घटना न्युनिकरण गर्ने लागि पनि प्रहरी स्वयम् आफै जिम्मेबार बन्नुपर्ने बताए ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक प्रविण आचार्यले ट्राफिक सचेतना सम्बन्धी विषयमा प्रशिक्षण दिदै ट्राफिक नियम प्रति प्रहरी जिम्मेबारी बनी दुर्घटना न्युनिकरण गर्नेपर्ने बताउदै अझै पनि विभिन्न कारणले पहुचको भरमा केही मानिसले ट्राफिक नियमको दुरुप्रयोग गरेको बताउदै प्रहरीले त्यसलाई कार्यबारीको दायरामा ल्याउनुपर्ने दुर्घटना न्युनिकरण गर्न सबैले साबधानी अपनाउनुपर्ने बताए ।

अन्य समाचारहरु