चुत्रावेसीमा जीपको ठक्करबाट एक जना बालक घाइते


अर्घाखाँचीडट्कम संवाददाता 
चुत्रावेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर  २ को चुत्रावेसीको मसाल बजारमा पानी बोक्ने जीपको ठक्करबाट एक जना बालक घाइते भएका छन् । 
चुत्रावेसीको मसाल बजारमा मंगलवार लु १ च ३९०० नम्बरको पानी बोक्ने जीपको ठक्करबाट स्थानिय १० वर्षिय अभिषेक मगर घाइते भएका हुन् ।
सडकमा खेलिरहेका बेला जीपले ठक्कर दिएपछि गम्भीर घाईते बालकलाई जिल्ला अस्पताल अर्घाखाँची लगिएको थियो। पछि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले बताएको छ ।  बालकको शरीर र टाउकोमा चोट लागेको छ । अभिषेकले श्री जनज्योती आधारभूत विधालयमा कक्षा ४ मा अध्यनरत छन् ।   
यस्तै ठक्कर दिने जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।  
चुत्रावेसीको मसाल बजार लगायतका सडक साघुरो र अस्तव्यस्त हुँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको प्रहरीको भनाई छ । 

अन्य समाचारहरु