सन्धिखर्कका किसानलाई २० लिटरका मिल्क क्यान वितरण, अब दुध बिक्रीका लागि सहज (तस्बिरहरु)


सागर महत 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई मिल्क क्यान वितरण गरेको छ ।
जसअन्तर्गत व्यवसायिक रुपमा दुध उत्पादन गर्ने नगरपालिका भित्र रहेका किसानलाई छनोट गरि ७५ प्रतिशतमा अनुदानमा ५२ थान मिल्क क्यान वितरण गरिएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले बताउनुभयो । किसान लाई आत्म निर्भर बनाउनको लागि उत्पादनका अन्य क्षेत्रमा पनि अनुदान दिदै आएको नगरप्रमुख भुसालले बताउनुभयो ।
नगरपालिकाको पशु शाखाको कार्यक्रम अन्तर्गत ४० भन्दा बढी किसानलाई २० लिटरको क्यान दुध बिक्रीका लागि सहज होस भनेर क्यान वितरण गरिएको नगरउप्रमुख ठाकुर कुमार बि.क (किशोर) ले बताउनुभयो ।
किसानले अनुदानमा प्राप्त गरेका क्यान लाई सही सदुपयोग गरि प्रयोग गर्न अनुरोध गदै त्यसको अनुगमन समेत गरिने नगरपाकिाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।नगरपालिकाको करिव ३ लाखको बजेटमा उक्त सामग्री वितरण गरिएको नगरपालिकाका पशुशाखा प्रमुख नारायण खनालले बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लक्ष्मी नारायण चुँदाली,कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई लगायतको सहभागीता रहेको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर आचार्य,अर्घाखाँची बहुउदेश्यीय कृषक समृहका अध्यक्ष रामचन्द्र भुसालले मन्तव्य राखेका थिए । कार्यक्रम आर्थिक समितिका संयोजक देबबहादुर रायमाझीको अध्यक्षता पशुशाखा प्रमुख नारायण खनालको संचानमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु