अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क, शितगंगा नगरपालिका तथा पाणिनी र छत्रदेव गाउँपालिकामा कोरोना मुक्त भएका छन् । यि पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको छ ।
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार गत वर्षदेखि आजसम्म संक्रमितको संख्या सन्धिखर्क नगरपालिकामा १९७२ जना, शितगंगा नगरपालिकामा ४४४ जना, पाणिनी गाउँपालिकामा ४४८ जना र छत्रदेव गाउँपालिकामा ३०१ जना संक्रमित रहेको थियो ।
यस्तै यस नगरपालिकामा शुरुदेखि आजसम्म सन्धिखर्क नगरपालिकामा १९४२ जना, शितगंगा नगरपालिकामा ४३० जना, पाणिनी गाउँपालिकामा ४३७ जना र छत्रदेव गाउँपालिकामा २९७ जनाले कोरोनालाई जितेका छन् ।
यस्तै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म सन्धिखर्क नगरपालिकामा ३० जना, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, पाणिनी गाउँपालिकामा ११ र छत्रदेव गाउँपालिकामा ४ जनाको ज्यान गएको छ ।
बुधवारको कोरोना विवरण यस्तो छ:
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ० जना, भूमिकास्थान नगरपालिकामा ३ जना, शितगंगा नगरपालिकामा ० जना, मालारानी गाउँपालिकामा १, पाणिनी गाउँपालिकामा ० र छत्रदेव गाउँपालिकामा ० जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४८८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९७२ जना, भूमिकास्थान नगरपालिकामा ७६१ जना, शितगंगा नगरपालिकामा ४४४ जना, मालारानी गाउँपालिकामा ५६२ जना, पाणिनी गाउँपालिकामा ४४८ जना र छत्रदेव गाउँपालिकामा ३०१ जना संक्रमित रहेका छन् ।
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ४ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म ४३९४ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १९४२ जना, भूमिकास्थान नगरपालिकामा ७४२ जना, शितगंगा नगरपालिकामा ४३० जना, मालारानी गाउँपालिकामा ५४६ जना, पाणिनी गाउँपालिकामा ४३७ जना र छत्रदेव गाउँपालिकामा २९७ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३० जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११ र छत्रदेव गाउँपालिकामा ४ जना रहेका छन् ।