अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको पोखेडाँडाकी मिर्गौला पीडित महिलालाई उपचारको लागि आर्थिक समस्या परेको छ ।
अर्घाको पोखेडाँडाका टिका बहादुर विककी दुवै मिर्गौला फेल भएकी २६ वर्षिया छोरी सिता विकको उपचारको लागि आर्थिक समस्या परेको हो ।
गत केही समयदेखि दुवै मिर्गाैलाले काम गर्न छोडेपछि मानव अङ्ग प्रत्यारोपण केन्द्र सल्लाघारी भक्तपुरमा भर्ना भएकी सिताको उपचारमा आर्थिक अभाव हुँदै आएको छ।
उनको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएता पनि परिवारको आर्थिक अवस्था एकदम कमजोर भएकोले थप उपचारमा समस्या भएको छ ।
देश विदेशमा रहेका कसैले उनको उपचारका लागि सहयोग गर्न चाहेमा आफ्नै बाबु टिका बहादुर विकको ग्लोबल आईएमईको खाता नम्बर ४९०७०१०१८२२५६ मा पैसा जम्मा गर्न सकिनेछ । भने ९८४२८३२५७९ मा संपर्क गर्न सकिनेछ ।