अब नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु कोभिड बीमा अनिवार्य गर्नुपर्ने

काठमाडौं, मंसिर २२ । कोरोना (कोभिड १९)को ‘ओमिक्रोन’ भेरियन्टबाट हुन सक्ने संक्रमण नियन्त्रण गर्न नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु कोभिड बीमा अनिवार्य गर्न सर्कुलर जारी गरेको छ ।
प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली तथा विदेशी वायुसेवाले ७ दिनभित्र यात्रुहरुको प्रति व्यक्ति ५ हजार डलरको यात्रा बिमा गर्न सर्कुलर जारी गरेको हो ।
नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न दुई नेपाली र १८ विदेशीसहित २० वायुसेवाले अनुमति लिएका छन् ।
यीनलाई प्राधिकरणले नेपालकै कम्पनीबाट यात्रुको कोभिड बिमा गर्नुपर्ने भनेको छ । यो बिमाले यदि कुनै उडानमा नेपाल आएका वा जाँदै गरेका यात्रुमा कोभिड देखिएमा १४ दिनको होटल क्वारेन्टाइन तथा अस्पताल भर्ना हुनुपर्ने अवस्था आइपरेमा उपचार खर्च पनि ब्यहोर्ने छ ।
यो नियम १५ मंसिर –२९ गतेदेखि अनिवार्य लागू हुने छ । केही विदेशी वायुसेवाले भने यो नियम अनिवार्य गरिसकेका छन् । इमेज च्यानलमा समाचार छ ।