अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणििनी गाँउपालिका वार्ड नं ८ पालीका लागू औषध मुद्धामा फरार प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको छ ।
लागू औषध मुद्धामा फरार रहेका पालीका ६२ वर्षिय रोसन अली मियालाई १४ बर्ष ५ महिना ११ दिनपछि प्रहरीले मंगलवार प्रकाउ गरेको हो ।
मियालाई २०६४ साल असार १० गते गुल्मी जिल्ला अदालतको ३ बर्ष कैद तोकेको थियो ।
मियालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।
साथै अलीलाई नियन्त्रणमा लिई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी बताएको छ ।