डिभर्नामा वार्ड याेजना सम्झौता सम्पन्न


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले वडामै पुगेर  याेजना सम्झौता कार्य शुरु गरेको छ । 
छिटो छरितो सेवा प्रवाह गर्न र याेजना सम्झौता गर्न नगरपालिकामा आउनु पर्ने झन्झटकाे अन्त्य गर्दै आज वडा नम्बर १२ मा वडा कार्यलयमै पुगेर याेजना सम्झौता गरेकाे सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मञ्जु खनालले बताउनुभयाे ।
पुस मसान्तसम्म याेजना सम्पन्न गर्ने गरि आज वडा कार्यलयबाटै २२ वटा याेजना सम्झौता गरिएको वडा अध्यक्ष नारायण खड्काले बताउनुभयो । 
वडामै  याेजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । 
नगरपालिकाका शाखा अधिकृत मञ्जु खनाल , इन्जिनियर प्रमाेद केसी , याेजना शाखाका दिलिप कुमार केसी लगायतको टाेलीले वडामै पुगेर याेजना सम्झौता गरेको हाे । 
कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता र वडा सचिव अनन्तमणि पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

अन्य समाचारहरु