अर्घाका बहुविवाह मुद्धामा फरार एक युवा ७ वर्षपछि पक्राउ


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बहुविवाह मुद्धामा फरार रहेका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाका एक युवालाई प्रहरीले पक्राउ गरिएको छ ।
अर्घाका ३३ वर्षिय बसन्त नेपालीलाई करिव ७ वर्षपछि पक्राउ गरिएको हो ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार जिल्ला अदालतले २०७१ माघ १३ गतेको फैसला अनुसार ११ महिना ८ दिन कैद तोकिएकोमा भागी फरार रहेका नेपालीलाई गुल्मीको रेसुंगा नगरपालिका वार्ड नम्बर ९ उपल्लो तम्घासबाट विशेष सुचनाको आधार  पक्राउ गरिएको थियो । 
साथै नेपालीलाई कैद भुक्तानका लागि जिल्ला कारागार अर्घाखाँचीमा चलान गरिएको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु