अर्घाखाँचीमा १२ देखि १८ वर्षसम्मका सबैलाई पुस ४ गतेदेखि कोरानाविरुद्धको मोडर्ना खोप लगाईने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै खोप केन्द्र  तथा विद्यालयहरुमा १२ देखि १८ वर्षसम्मका किशोर किशोरीहरुलाई आगामी पुस ४ गतेदेखि कोरानाविरुद्धको मोडर्ना खोप दिने भएको छ ।
जिल्लाका सबै खोप केन्द्र  तथा विद्यालयहरुमा १२ देखि १८ वर्षसम्मका किशोर किशोरीहरुलाई आगामी पुस ४ गतेदेखि कोरानाविरुद्धको मोडर्ना खोप दिने भएको छ ।
सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,  पाणिनी गाउँपालिका   र छत्रदेव गाउँपालिकामा रहेका खोप केन्द्रहरुमा गएर १२ देखि १८ वर्ष उमेर समुहले खोप लगाउन सक्न्ने छन् । 
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाकाका अनुसार दुई सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोकिने, त्यहीबाट खोप लगाउन सकिनेछ । 
साथै जिल्लामा तीन महिना पूरा भएका गर्भवतीहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुरोध गरिएको छ । अर्घाखाँची कोरोना मुक्त नजिक पुगेको छ । अहिले ५ जना मात्र संक्रमित रहेका छन् ।  

अन्य समाचारहरु