प्रेमनारायण आचार्य
किमडाँडा, अर्घाखाँची २४ मंसीर । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले वडामै पुगेर याेजना सम्झौता कार्य शुरु गरेको छ ।
छिटो छरितो सेवा प्रवाह गर्न र याेजना सम्झौता गर्न नगरपालिकामा आउनु पर्ने झन्झटकाे अन्त्य गर्दै आज वार्ड नम्बर ८ किमडाँडामा वार्ड कार्यालयमै पुगेर याेजना सम्झौता गरेकाे सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयाे ।
पुस मसान्तसम्म याेजना सम्पन्न गर्ने गरि आज वडा कार्यलयबाटै याेजना सम्झौता गरिएको हाे । वडामै याेजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , शाखा अधिकृत मञ्जु खनाल , इन्जिनियर प्रमाेद केसी , याेजना शाखाका दिलिप कुमार केसी लगायतको टाेलीले वडामै पुगेर याेजना सम्झौता गरेको हाे ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आतिथ्यता र कावा वडा अध्यक्ष नारायण प्रसाद अर्यालको अध्यक्षता र देवी थापाको सञ्चालनमा सम्पन्न भएको हाे ।