सिद्धाराको श्री पाकुँरी माविमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो फिचर)


गोबिन्द रसाईली
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराको पाँकुरीमा अवस्थित श्री पाँकुरी माध्यमिक विद्यालयमा शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरि  विद्यालयले कक्षा ८,९ र १० कक्षाका विद्यार्थीका  अभिभावकसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । 
उक्त कार्यक्रममा  विद्यार्थीलाई विद्यालयमा  नियमित बनाउन,उत्कृष्ट शिक्षण गतिविधि संचालन गर्न र विद्यालयलाई उत्कृष्ट बनाउनका लागि अभिभावकले खेल्नु पर्ने भुमिका लगायतका विविध  विषयमा छलफल गरिएको थियाे ।
कार्यक्रममा  विद्यालयका प्रधानाध्यापक रामवृक्ष चाैधरीले आफु प्रधानाध्यापक भएदेखि नै विद्यालयलाई उत्कृष्ट बनाउने लक्ष्य राखेको भन्दै  सबै अभिभावकलाई उक्त अभियानमा साथ दिन आग्रह गरेका थिए । 
साथै  विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख गाेविन्द रसाइलीले आफु विद्यालयमा आएदेखि विकट ठाउँमा  रहेकाे  आफ्नाे गाउँको विद्यालयलाई नगरकाे उत्कृष्ट विद्यालय बनाउन लागि परेको अभिभावकलाई बताएका छन । अभिभावक,शिक्षक र विद्यार्थी सबै मिलेर अगाडि बढ्न सके उत्कृष्ट विद्यालय बनाउने लक्ष्य धेरै टाढा नरहेकाे प्रष्ट पारेका छन । साथै विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित बनाउन,उत्कृष्ट शैक्षिक गतिविधिमा  चासो देखाउन र उत्कृष्ट विद्यालय बनाउने अभियानमा साथ दिन सबै अभिभावकलाई आग्रह समेत गरेका छन । 
उक्त कार्यक्रममा बाेल्दै अभिभावकहरुले यस अगाडिका प्रधानाध्यापकले  गरेका उत्कृष्ट कामलाई निरन्तरता दिदै थप नयाँ र उत्कृष्ट कार्यक्रम ल्याउन  विद्यालय परिवारसँग आग्रह गरेका छन भने उत्कृष्ट विद्यालय बनाउने अभियानमा सक्दाे साथ दिने प्रतिबद्धता समेत  व्यक्त गरेका छन ।
कार्यक्रम विद्यालयकी शिक्षिका सुनिता भुसालकाे स्वागत मन्त्यव्य,शिक्षिका रिता पाण्डेकाे संचालन,प्रधानाध्यापक रामवृक्ष  चाैधरीकाे अध्यक्षता,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर लुइँचेकाे प्रमुख अतिथ्यता कार्यक्रम सम्पन्न भएको थियाे ।

अन्य समाचारहरु