पाणिनी गाँउपालिकामा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन (तस्वीर /भिंडियों रिपोर्ट सहित )


डिआरजी सुमन
दुर्गाफाँट , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकामा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न भएको छ ।
पाणिनी गाँउपालिकाको आयोजनामा आज शुक्रवार पाणिनि गाँउ पालिकाको सभाहलमा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानसमापन कार्यक्रम सम्पन्न भएको हो ।
पाणिनी गाँउपालिकामा आयोजित कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको प्रमुखआतिथ्यता,श्रेस्तेदार महेश ख़नाल,ज़िल्ला सरकारी वकील कार्यालयका सरकारी वकील श्याम सुन्दर चौधरी, जिल्ला अदालत कातहसीलदार शान्ता पन्थी,जिल्ला अदालत का कम्प्यूटर अप्रेटर रविन्द्र न्यौपाने,नासु टेकराज गैरे,नासु सुनीता खनालको विशेषआतिथ्यतामा कार्यक्रम समापन भएको थियो ।
पाणिनी गाँउपालिका उपाध्यक्ष तथा स्थानीय न्यायिक समिति संयोजक लक्ष्मी गौतम को अध्यक्षता,स्थानीय न्यायिक समिति सदस्यसचिव सोभाखर भूसाल को संचालन तथा पाणिनि गाँउ पालिका प्रमुख प्रशासनिक अधिकृत नेत्र प्रसाद घिमिरेको स्वागत मन्तव्यमासंमापन भएको कार्यक्रममा स्थानीय न्यायिक समिति सदस्य मिनराज आत्रेय,शालिकराम घिमिरे ,पाणिनि गाँउ पालिका स्थित सवै वडाअध्यक्ष तथा सरोकार वाला ,स्वतन्त्र पत्रकार डिआरजी सुमन,अर्घाखाँची डट्कम पाणिनी डेक्स प्रमुख प्रकाश प्युठानी, पाणिनी गाँउपालिका विभिन्न शाखाका कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा ‍भए गरेका कार्यक्रमको समीक्षा गर्नुका साथै विध्यमान लैङ्गिक हिंसाको न्युनीकरणकोचुनौति र यसबाट आईपर्ने समस्याको समाधान गर्ने तर्फ सबै ध्यान जानु पर्नेमा जोड दिदै उक्त उक्त कार्यक्रम समापन भएको छ ।  – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु