सन्धिखर्कमा सुरक्षित गर्भपतनको दिगोपना सम्बन्धी अन्तिरक्रिया कार्यक्रम सम्पन्न


रुद्रमणी भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आइपास नेपाल र समाज सेवा तथा बाताबरण सस्कृति समुहको संयुक्त आयोजनामा सुरक्षित गर्भपतनको दिगोपनामा नागरिक समाजको भुमिका बिषयक अन्तिरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लामा सुरक्षित गर्भपतनकोे आवस्था र संस्थाले जिल्लामा काम गर्न थालेपछि पारेको प्रभावलगायतका बिषयमा ब्यापक छलफल भएको थियो । कार्यक्रममा आइपास नेपालका लुम्बिनि प्रदेशका संयोजक जिबन देबकोटा , आइपास नेपालका जिल्ला संयोजक रामकुमार शाह,जिल्ला स्वास्थ्य कार्यालयकी गिता भुसालले कार्यक्रममको सहजिकरण गनु भएको थियो ।
कार्यक्रममा सन्धिखर्क , सितगंगाा नगरपालिका ,पाणिनी र मालारानी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधि बिधिन्न संघस्थाका प्रमुख , नेपाल पत्रकार महासघं ,आइपासका च्यापियन लिडरहरु लगायतको उपस्थिति रहेको थियो । 
समाज सेवा तथा बाताबरण सस्कृति समुहका अध्यक्ष बाबुराम पौडेलले अर्घाखाँचीमा सुरक्षित गर्भपतन गराउनको लागि आइपास नेपालले खेलेको भुमिका महत्वपुर्ण भएको बताउनु भएको थियो ।

अन्य समाचारहरु