अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले एमसीसी खारेजीको माग गर्दै आज बिरोध प्रदर्शन गरेको छ ।
मसालबजार पार्टी कार्यालयबाट सुरु भएको बिरोध य्राली भक्तिटोलमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रममा रा.ज.मो.केन्द्रिय सदस्य सागर के.सी.ले सम्बोधन गर्नुभएको थियो ।
एमसीसी हरेक कोणबाट नेपालको हितबिपरित रहेको जिकिर गर्दै नेता के.सी.ले यसका विरुद्ध सबै नेपालीले आफ्नो आन्दोलन बनाउनुपर्नेमा जोड दिनुभएको छ ।आफुहरुले १९५० को सन्धी र मेची महाकाली सन्धी राष्ट्रघाती छन् भन्दा हासोमा उडाउनेहरुले नै एमसीसी भित्र्याउने कोशिश गरेको भन्दै नेता के.सी.ले नेपाली जनताले एमसीसी खारेज गर्नुपर्ने बताउनुभएको छ ।
राजमो नेता शेर बहादुर वि.सी.सहित जिल्लाका नेता,कार्यकर्ता र सुवेच्छुकको सहभागीता रहेको कार्यक्रमको संचालन राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले गर्नुभएको थियो । आसन्न संसद अधिवेशनमा एमसीसीको बिषयले प्रवेश नपाओस भन्नको निम्ति ध्यानाकर्षण स्वरुप आजको कार्यक्रम गरिएको रा.ज.मो.अध्यक्ष थम्मन के.सी.ले बताउनुभएको छ ।