अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घाको बिहार बजारमा अपराध नियन्त्रण गर्ने उदेश्यले सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
कविरा चोकमा र विहारामा गरि ३ वटा पिटीजेड क्यामरा जडान भएको साथै उक्त क्यामराको निगरानीको लागि प्रहरी चौकी विहारालाई जिम्मा लगाईएको बताइएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० डिर्भनाले बिहारा बजारमा अपराध नियन्त्रण गर्ने उदेश्यले उक्त सिसिटिभी क्यामेरा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर बाहादुर थापा क्षेत्रीलाई दिएको थियो ।