डिआरजी सुमन
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं १ पणेनाको सिम्ले क्षेत्र सुन्तला उत्पादनको लागी एक महत्वपूर्ण क्षेत्रको रुपमा स्थापित भई सकेको छ । सिम्ले क्षेत्रमा स्थानीयहरु व्यावसायिक सुन्तला खेतीमा लागेका छन ।
पाणिनी गाँउ पालिकाको वडा नं १ सिम्लेका सवै कृषकको वारिमा यतिवेला सुन्तलाका वोट मात्र छन । म वैदेशिक रोज़गार को लागीजान तयार भई पासपोर्ट वनाएर वसेको थिए एका-एक गाँउमा सुन्तलाको लहर आएको देखी पासपोर्ट थन्काएर सुन्तला खेतीमा लागेकोअहिले विदेशमा कमाउने रकम यसै ठाउमा कमाएको छु भन्नु हुन्छ पाणिनि गाँउ पालिका वडा नं १ का युवा उद्यमि काँसीराम भट्टराई ।पाणिनि गाँउ पालिका वडा नं १ वडा अध्यक्ष,पाणिनि पर्यटन समाज का अध्यक्ष झविन सुनाम,उपाध्यक्ष धुर्वराज घिमिरे,सचिव केशववन्जाडे,समाजसेवी वसन्त केसी,अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन,पत्रकार चन्द्रमणी भट्टराईको सुन्तला वगैचामा स्थलगतरिपोर्टिंग भएको छ । पाणिनि गाँउ पालिका वडा नं १ को सिम्लेमा यतिवेला कृषकलाई सुन्तला टिपाईको चटारो छ ।
पाणिनीको सिम्लेमा उत्पादित झण्डै एक करोड़ वढीको सुन्तला पाणिनि गाँउ पालिकामा नव निर्मित चिस्यायन केन्द्रमा राखिएको छ भनेकेही कृषकले वुटवल विक्रि गरेका स्थानीय कृषकले वताएका छन । पाणिनि गाँउ पालिका वडा नं १ सिम्लेमा उत्पादित सुन्तलाकोलुम्बिनी प्रदेश सहित देशका विभिन्न शहरमा माँग भएको पत्रकार समेत रहेका स्थानीय अगुवा कृषक चोलनाथ पौडेलको भनाई छ ।
पाणिनी गाँउ पालिका तथा लुम्बिनी प्रदेश सरकारवाट कृषकको माँग अनुसारका समस्या समाधानको लागी आवश्यक पहल गरिदैआएको पाणिनी गाँउ पालिका वडा नं १ का वडा अध्यक्ष शालिकराम भट्टराईले वताउनु भएको छ । नव निर्मित कोल्ड स्टोरमा सुन्तला राख्दा सुरक्षित हुन्छ भन्ने कृषकलाई पुर्ण विश्वास दिलाउनकै लागी स्थानीय धेरै कृषकका सुन्तला मआफै खरिद गरेरै कोड्ल्डस्टोरमा राखेको छु स्थानीय समाजसेवी चन्द्रकान्ता पौडेलले अर्घाखाँचीडट्कमलाई वताउनु भएको छ ।
देशकै सय पर्यटकीय गन्तव्य मध्येकोएक पाणिनि तपोभूमि अवस्थित पाणिनी गाँउपालिका प्राकृतिक तथा सांस्कृतिक सहित कृषि पर्यटकको लागी पनि महत्वपूर्ण पर्यटकीयस्थल रहेको पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामको भनाई छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।