काठमाडौं । आज देखि यात्रुहरुलाई दिल्ली देखि काठमाडौं सम्मको बस यात्रा सुरु भएको छ । यात्राको क्रममा यात्रुहरुले कोभिडसँग सम्बन्धित सबै नियमहरु पालना गर्नुपर्नेछ । यात्रा गर्ने यात्रुहरुले ४८ घण्टा पहिला पीसीआर टेस्ट अनिवार्य गर्नुपर्नेछ ।
त्यस्तै, यात्रुहरुले कोभिडको दुवै डोज लगाएको हुनुपर्नेछ । दिल्ली देखि काठमाडौं सम्मको बसलाई कोरोना भाइरसको कारण २०२० मार्च २ मा बन्द गरीएको थियो । आज देखी यो सेवा पुन सुरु गरीएको हो ।
काठमाडौं देखी भारतको दिल्लीसम्मको यात्रामा पहिले प्रति यात्रुको भाडादर ३६८० रुपैयाँ थियो भने अहिले भाडा बढाएर ४४८० पु¥याइएको छ । दिल्लीदेखी काठमाडौंसम्मको बस सेवा २०१४ देखी सुरु भएको थियो । यो लगातार चलीरहेको थियो तर कोरोनाको कारणले रोकिएको सेवा पुन सुरु भएको हो ।
यद्यपि भारतको केन्द्रीय गृहमन्त्रालयले जारी गरेको निर्देशनको पालना गरीनेछ । दिल्ली देखी काठमाडौंसम्मको बस प्रतिदिन बिहान १० बजेदेखि सुरु हुनेछ । यात्रा गर्ने भारतीय र नेपाली यात्रुहरुले सरकारद्धारा प्राप्त आधिकारिक परिचय पत्र बोक्नुपर्नेछ । यो बस दिल्लीको अम्बेडकर स्टेडियमबाट दैनिक चल्नेछ । इमेज च्यानलमा समाचार छ ।