किमडाँडा पकलेका समाजसेवी बाल बहादुर खत्रीको निधन | खत्रीको निधनले मर्माहत बनायो : आचार्य


शोभाखर पन्थी 
किमडाँडा, अर्घाखाँची / मंसिर -२८ । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले समाजसेवी बाल बहादुर खत्रीको निधनले आफुलाई मर्माहत बनाएको बताउनुभएको छ । 
स्वर्गीय खत्रीलाई गच्छे घाटमा अन्तिम श्रद्धाञ्जली प्रकट गर्दै उहाँले सरल, इमान्दार र लगनशील सामाजिक व्यक्तित्वको निधनले आफुलाई गहिरो दु:ख लागेको बताउनुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरेले स्वर्गीय खत्रीको सिङ्गो परिवारले कम्युनिस्ट आन्दोनमा पुर्याएको योगदानको पार्टीले उच्च मुल्यांकन गरेको बताउनुभयो । उहाँले दिवंगत खत्री पार्टी र समाजको असल अभिभावक भएको बताउनुभयो । 
सनपा -८ किमडाँडा पकले घर भई हाल सन्धिखर्क बस्दै आउनु भएका खत्रीको ८४ बर्षको उमेरमा मंगलबार बिहान निधन भएको थियोे ।
उहाँलाई गच्छे घाटामा नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष ध्रुव के.सी.,सनपा वडा नं.८ का वडाध्यक्ष नारायण अर्याल ,एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष युवराज भुसाल लगायतले श्रद्धाञ्जली प्रकट गर्नु भएको थियो ।
दिवंगत खत्रीका ३ छोरा र २ छोरी हुनुहुन्छ । उहाँ क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो ।

अन्य समाचारहरु